बुधबार, १३ श्रावण, २०८३

दुङ्गाले च्यापिँदा जुम्लाका एक युवकको मृत्यु

जुम्लाको सिंजा गाउँपालिका–३ खानीडाँडामा ढुङ्गाले च्यापिँदा एक युवकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बिहीबार अपराह्न करिब २:३० बजे स्थानीय २७ वर्षीय राजिव शाही आफ्नै घरका लागि ढुङ्गा फोड्ने क्रममा माथिबाट खसेको ढुङ्गाले च्यापिँदा गम्भीर घाइते भएका थिए।

घटनापछि प्रहरी चौकी नराकोटबाट खटिएको प्रहरी टोलीले उनलाई तत्काल उद्धार गरी नराकोट स्वास्थ्य चौकी पुर्‍याएको थियो। अवस्था गम्भीर रहेपछि थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पठाइएको थियो।

उपचारकै क्रममा साँझ ५:५५ बजे चिकित्सकले उनको मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। प्रहरीले घटनाबारे थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार