पातारासी गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

जुम्लाको पातारासी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिकाका रूपमा घोषणा गरिएको छ। पालिका स्तरीय खोप समन्वय समितिको आयोजनामा बुधबार सम्पन्न कार्यक्रममा गाउँपालिकालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो। गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख रतन बुढ्थापाका अनुसार पालिकाका सातवटै वडामा १५ महिनासम्मका २३५ जना बालबालिका नियमित खोप सेवामा समेटिएका छन्। यस्तै १६ देखि […]
चन्दननाथ नगरपालिकामा समुदायमा आधारित रोग निगरानी तथा व्यवस्थापन प्रणाली सम्बन्धी अभिमुखीकरण सम्पन्न

जुम्लाको चन्दननाथ नगरपालिकामा समुदायमा आधारित रोग निगरानी तथा व्यवस्थापन प्रणाली सम्बन्धी सरोकारवालाहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन गरिएको उक्त कार्यक्रम २०८३ साल जेठ ६ गते बिहान ७ बजे नगरपालिका परिसरमा सम्पन्न भएको हो। कार्यक्रममा समुदायमा आधारित रोग निगरानी तथा व्यवस्थापन प्रणालीको प्रभावकारी कार्यान्वयन, रोगको प्रारम्भिक पहिचान, सूचना संकलन […]
वैशाख महिनाको ‘सर्वोत्कृष्ट ट्राफिक प्रहरी’ घोषित भए सई प्रकाश बहादुर शाही

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, वीरेन्द्रनगर सुर्खेतले जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लामा कार्यरत प्रहरी नायब निरीक्षक (सई) प्रकाश बहादुर शाहीलाई २०८३ साल वैशाख महिनाको ‘सर्वोत्कृष्ट ट्राफिक प्रहरी’ घोषणा गरेको छ। कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार सई शाहीले ट्राफिक व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएका कारण उक्त सम्मान प्रदान […]
जुम्लामा भालुको आक्रमण : भेडा–बाख्रा चराउँदै गरेका युवक गम्भीर घाइते

जुम्लाको गुठिचौर गाउँपालिकामा जङ्गली भालुको आक्रमणबाट एक युवक गम्भीर घाइते भएका छन्। गुठिचौर गाउँपालिका–३ गर्याङ्गकोटका २४ वर्षीय सरचिन बुढामाथि बुधबार बिहान भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बिहान करिब ६ बजेको समयमा सरचिन सोही वडाको छल्लाटिया खोलास्थित राष्ट्रिय वन क्षेत्रमा भेडा–बाख्रा चराइरहेका थिए। त्यसै क्रममा जङ्गलबाट निस्किएको भालुले अचानक उनीमाथि आक्रमण गरेको बताइएको […]
आर्थिक स्थिति डामाडोल, देशको कुरा उठाउन छोडेर सांसदद्धारा स्वकीय सचिवमा जोड !

सरकारले दिएको तलबले जनप्रतिनिधिलाई पुग्दैन, त्यही भएर भ्रष्टाचार गर्छन् । कार्यालयलाई पाँच लाखको सामान किने भने ५० लाखको बिल बनाउँछन् । एक करोड विकास बजेट आयो भने २० लाखको काम हुन्छ । मुलुकमा ७५३ वटा स्थानीय सरकार छ । वडादेखि पालिकाका जनप्रतिनिधिले स्वकीय सचिव राख्ने गरेका छन् । वडाध्यक्ष, मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्षले स्वकीय सचिव […]





