मंगलवार, १ बैशाख, २०८३

नयाँ वर्ष र काल गणना

आफूलाई हिन्दुस्तान भन्ने भारतले पूर्वीय दर्शन विचारका संवत् प्रयोग गर्न पाएन। मुगल कालमा अकबर संवत् प्रचलनमा रह्यो भने ब्रिटिस शासकले अंग्रेजी पात्रो चलाउन सुरु गरे, जुन रोम साम्राज्यले बनाएको हो।

हरेक कुराको मापन निर्धारण गरिएको हुन्छ। त्यसको पनि इकाइ हुन्छ। त्यही क्रममा समयको पनि मापन हुन्छ। अन्य वस्तुको इकाइबाट सुरु हुन्छ भने समयको क्षणबाट सुरु हुन्छ।

विशेष गरी वैदिक सभ्यताले काल–समयको मापन ज्योतिष शास्त्र र दर्शन शास्त्रलाई दिएको छ। सामान्यतया ज्योतिष शास्त्रमध्ये खगोलीय शास्त्र सूर्य भगवानले रावणका ससुरा मयसुरलाई दिएपछि काल गणना तथा समय मापन वैदिक समाजमा जानकारीमा आयो।

समय विभाजन अन्तर्गत युग, महायुग, कल्प युग, वर्ष, मास, छ मास, हप्ता, दिन, पलको हिसाब हुन थाल्यो। त्यसैमध्ये एक काल विभाजन हो वर्ष, जुन १२ महिनाको हुन्छ, दुई अयनको हुन्छ, छ ऋतुको हुन्छ, १२ राशिको हुन्छ।

जुन हामी वर्ष परिवर्तन हुँदा नयाँ वर्षको रूपमा मान्दछौं। वैदिक समाजमा समयको तल्लो इकाइ निमेष हुन्छ। १५ निमेषको एक काष्ठा हुन्छ। ३० काष्ठाको एक कला हुन्छ। ३० कलाको १ मुहूर्त हुन्छ। ३० मुहूर्तको एक दिन हुन्छ। १५ मुहूर्तको एक रात र १५ मुहूर्तको १ दिन हुन्छ।

यसै प्रकारले ६० विपलको १ पल हुन्छ। ६० विपलको एक घटी हुन्छ। ६० घटीको एक अहोरात्र हुन्छ। एक अहोरात्रको २४ घण्टा हुन्छ। १५ निमेषको एक काष्ठा हुन्छ।

३० काष्ठाको एक कला हुन्छ। ३० कलाको एक राशि हुन्छ। ३० कलाको एक मुहूर्त हुन्छ। ३० मुहूर्तको एक अहोरात्र हुन्छ। एक अहोरात्र भन्नाले एक दिन मानिन्छ। ३० दिनको एक महिना वा एक राशिको एक महिना हुन्छ। ६ महिना वा छ राशिको एक अयन हुन्छ।

दुई अयनको एक वर्ष हुन्छ। जुन समय एक वर्ष पूरा हुन्छ त्यसपछि अर्को वर्ष सुरु हुन्छ, त्यसलाई नयाँ वर्ष मनाउने गरिन्छ। यस्तै गरी ४३२००० वर्षको एक कलियुग हुन्छ।

दुई कलियुग बराबर अर्थात् ८६४००० वर्षको एक द्वापर युग हुन्छ। तीन कलियुग बराबर १२९६००० वर्षको एक त्रेता युग हुन्छ। चार कलियुग बराबर १७२८००० वर्षको एक सतयुग हुन्छ।

यसरी वर्ष परिवर्तन हुँदै जाँदा युग परिवर्तन हुन्छ। त्यसैले वर्ष परिवर्तन अर्थात् नव वर्षको विशेष महत्व हुने गरेको हो। यही महत्वलाई बुझेर समय–परिवेश अनुसार राजा–महाराजाहरूले नयाँ वर्ष परिवर्तनको समयलाई संवत् चलाएको पाइन्छ।

संवत्को प्रचलन आर्यावर्तीय रूपमा चलेको पाइएको छ। जसअन्तर्गत प्रचलनमा रहेका संवतहरू यस प्रकार रहेका देखिन्छन्, १ सृष्टि संवत् २ देव संवत् ३ सप्तऋषि संवत् ४ युधिष्ठिर संवत् ५ कलि संवत् ६ कलिगत संवत् ७ लौकिक संवत् ८ शक संवत् ९ हुण संवत् १० विक्रम संवत्।

हाल नेपालमा प्रचलित संवत् विक्रम संवत् हो, जुन उज्जयिनीका राजा विक्रमादित्यले प्रचलनमा ल्याएका थिए। नेपालमा मात्र चलेका संवत्हरूमध्ये मानदेव संवत्, शाक्य संवत्, दव्यशाह संवत् १४८८ हो भने खश देशको संवत् देव संवत् हो।

अरू संवत्हरू लगभग लुप्त अवस्थामा रहेका छन्। चलनचल्तीमा रहेको विक्रम संवत् हो, जुन वैशाख १ गतेदेखि सूर्य पात्रोमा र मेष राशिको महिना चन्द्र पात्रोबाट सुरु हुन्छ।

नेपाल यस्तो देश हो जुन पूर्वीय दर्शन र विचारको संवत् मान्दै आएको छ। आफूलाई हिन्दुस्तान भन्ने भारतले पूर्वीय दर्शन विचारका संवत् प्रयोग गर्न पाएन। मुगल कालमा अकबर संवत् प्रचलनमा रह्यो भने ब्रिटिस शासकले अंग्रेजी पात्रो चलाउन सुरु गरे, जुन रोम साम्राज्यले बनाएको हो।

त्यसमा पनि जुलाई महिना जुलियस सिजर राजा र अक्टोबर महिना अक्ताभियन राजाको नामबाट राखिएका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ट्रेन्डिङ

ताजा समाचार