भन्छिन् रे मलाई नै चुमिरहुँ लाग्छरे
हर पल मेरै हात सुम्सुम्याउँ लाग्छरे
बाचुञ्जेल सँधैभरी नबिराई मलाईनै
नभुलिने चोखो माया पस्किरहुँ लाग्छरे।
पखेरी र बन पाखा सागरमा गएपनि
यो चम्किलो तस्बिरमा हेरीरहुँ लाग्छरे
केके देखिन् कुन्न्निखै त्यस्तोचिज म भित्र
मेरै अघिपछि भुन्भुन् गरीरहुँ लाग्छ रे ।
न भोकनिद्रा लाग्छरे नत मिल्छरे चयन
सँधै मेरै वरिपरि घुमी रहुँ लाग्छरे ।
आकाश् धर्ति जतापनि मेरै तस्विर् देखेपछि
सँधै मेरी दिलवाली बनिरहुँ लाग्छ रे ।
नरेन्द्र दवकोटा प्रशान्त”२०७६/४/२ सुर्खेत ।














