सिंहदरबारपछाडिको कालिस्थान बाँसघारीमुनि पुतलीसडक, कालिस्थान, घट्टेकुलो, अनामनगर, हनुमानथान, बिजुलीबजार, सिडियो कार्यालय वरपर, रामशाहपथस्थित अन्न्नपूर्ण हस्पिटल बनेको जग्गा सरकारी, गुठी र ऐलानी हो । मैत्रीदेवी धोवी खोला छेउ पेट्रोल पम्प सञ्चालन भएको र दायाँबायाँ घर बनेका जग्गा पनि सरकारी नै हो ।
०४६ सालअघि वा वर्तमान समयसम्म आइपुग्दा मुलुक पञ्चायती, बहुदलीय हुँदै लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छ । काठमाडौं उपत्यकाभित्र भक्तपुर, काठमाडौं र ललितपुर तीन जिल्ला पर्दछन् । मुलुकमा ७७ वटा जिल्ला छन् । यी तीन जिल्लाका जनता पञ्चायती, बहुदलीय व्यवस्था हुँदा होस् या लोकतन्त्र गणतन्त्र आएपछि समेत प्रधानमन्त्री, राष्ट्रपति भएका छैनन् ।
मुलुकमा पञ्चायती, बहुदलीय र लोकतन्त्र गणतन्त्र आएपछि समेत बाहिरी जिल्लाका मानिसहरु प्रधानमन्त्री, राष्ट्रपति छन् । उपत्यका मुलुकको सबैभन्दा विकसित ठाउँ हो । मुलुकको राजधानीसमेत यहँी पर्छ । तर, राजधानी र सबैभन्दा शिक्षित मानिने ठाउँकै स्थानीयबासीले अहिलेसम्म देशको नेतृत्व गर्न पाएका छैनन् ।
बरु उनीहरु विस्थापित हुँदै गएका छन् । उपत्यकाका रैथाने बासिन्दा विस्थापित भइरहेका छन् । २०२५ सालसम्मद श रोपनीदेखि सयौं रोपनी जमिन भएका उपत्यकाबासीको अहिले एक आनासमेत जमिन छैन । उनीहरु सुकुम्बासी भएका छन् अनि अन्यत्र पुगेका छन् । उपत्यकाभित्रका सरकारी, सार्वजनिक, गुठी, ऐलानी, मठमन्दिरलगायतका जग्गा पनि बाहिरी जिल्लाका मानिसहरुले दर्ता गरेर खाएका छन् ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासनजिकै ललिता निवासको जग्गासमेत दर्ता गर्न भ्याए । यसमा भाटभटेनी साहु मीनबहादुर गुरुङको संलग्नता पुष्टि भइसक्यो । यो कसुरमा उनलाई दुई वर्ष कैद र ८० लाख रुपैयाँ जरिवानाको फैसलासमेत अदालतले सुनाइसकेको छ । गुरुङ खोटाङका हुन् । उनी त एक पात्र मात्रै हुन् । यस्ता थुप्रै छन्, जो बाहिरी जिल्लामा जन्मिए तर उपत्यकाको सरकारी, सार्वजनिक, गुठी, ऐलानीलगायत जग्गा दर्ता तथा हिनामिना गरे ।
सिंहदरबारपछाडिको कालिस्थान बाँसघारीमुनि पुतलीसडक, कालिस्थान, घट्टेकुलो, अनामनगर, हनुमानथान, बिजुलीबजार, सिडियो कार्यालय वरपर, रामशाहपथस्थित अन्न्नपूर्ण हस्पिटल बनेको जग्गा सरकारी, गुठी र ऐलानी हो । मैत्रीदेवी धोवी खोला छेउ पेट्रोल पम्प सञ्चालन भएको र दायाँबायाँ घर बनेका जग्गा पनि सरकारी नै हो ।
०२९ सालसम्म धोवीखोला बगेर घट्टेकुलो चोकसम्म आउन्थ्यो भन्नेहरु अझै भेटिन्छन् । ०४६ सालअघि तत्कालिन सरकारले यो ठाउँमा घोडा पाल्ने योजना बनाएको थियो । त्यसैले, यहाँ घरलगायत कुनै पनि संरचना बनाउन रोक लगाइएको थियो । मानिसहरु यो जग्गामा आफ्ना गाईवस्तु चराउँन्थे । यता, घट्टेकुलोमा पानी घट्ट नै थियो तर अहिले त्यो मासिएको छ । अहिले नाम घट्टेकुला छ, पानी घट्ट चाँहि छैन ।
सिंहदरबारपछाडिका यी सरकारी–सार्वजनिक कसरी व्यक्तिको नाममा गयो त ? भन्नुपर्दा ०४६ सालको परिवर्तनपछि आन्तरिम सरकारको प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई बने । उनले सिंहदरबारपछाडिका बाटो खोलिदिए । अनि त्यहाँको जग्गामा व्यक्तिहरुले कब्जा जमाएका हुन् । भक्तपुरको सल्लाघारी तीनकुनेमा ०२४ सालमा राजपरिवारले एक सय आठ रोपनी दुई आना एक दाम जग्गा प्रत्येक रोपनीको एक हजार रुपैयाँमा स्थानीयसँग किन्यो ।
त्यत्रो जग्गामा अहिले बढीमा ६५–७० रोपनी छ । अरु जग्गामा व्यक्तिहरुले घर ठड्याएका छन् । भक्तपुर नगरपालिका–१, स्थित आर्मी ब्यारेक दायाँबायाँ, चंगा गणेश, दुवाकोट जाने ट्याम्पो पार्क, हनुमन्ते खोला यता सिर्जनानगरको जग्गा ०२१ र ०२८ मा दुर्य पटक नापी गरेर ऐलानी, गुठी र सरकारीमा राखियो । ०२९ सालसम्म यो ठाउँमा एउटै घर बनेको थियो ।
०३२ सालमा मजदुर किसान पार्टीका एक कार्यकर्ताले यहाँ छाप्रो हाले । त्यही व्यक्तिले ०३५ सालमा कच्ची इट्टा, ढुंगा र माटोले घर बनायो । छानोमा झिंगटी हालेर । ०४६ सालमा पञ्चायती व्यवस्था ढलेर बहुदलीय व्यवस्था आयो । अनि यो जग्गा कब्जा गर्न मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्ँछे र प्रेम सुवालसहितले आफ्ना कार्यकर्तालाई निर्देशन दिए । र, यो सबै सरकारी जग्गा व्यक्तिको नाममा गयो ।
०४८ सालदेखि ०७० सालसम्म भक्तपुर क्षेत्र नम्बर १ बाट नारायणमान बिजुक्ँछेले चुनाव जिते । बुढेसकाल लागेपछि उनले प्रेम सुवाललाई ०७४ को चुनावमा उम्मेदवार बनाए । त्यसयता सुवालले यहाँबाट जितिरहेका छन् । भक्तपुरका यी ठाउँमा लाखौं रोपनी सरकारी जग्गा छ । यो जग्गाको बजारी भाउ अहिले आनाकै २५ लाखदेखि करोडौं छ ।
यहाँ ७६ जिल्लाबासीले जग्गा किनेर घर बनाएका छन् । सिंहदरबारपछाडिका जग्गा त झन् आनाकै एक करोडौं तीन करोडसम्म पर्छ । उपत्यकाभित्रका लाखौं रोपनी सरकारी, गुठी, ऐलानी, आर्यघाट, हदबन्दी बढीका, ताल, पोखरी, कुँवा, ढुंगेधारा, मठमन्दिरलगायतका जग्गा व्यक्तिको नाममा गएको छ । हुँदाहुँदै खोलाको जग्गासमेत सुकुम्बासीका नाममा कब्जा गरिएको छ ।
उपत्यकाबासी र उपत्यकाको जमिन चाँहि खान हुने अनि उपत्यकाबासीलाई चाँहि प्रधानमन्त्री, राष्ट्रपति बनाउन नमिल्ने । उपत्यकाबासी एकदमै सिधा, त्यसैले उनीहरुको इमान्दारिता र सोझोपनको फाइदा बाहिरी जिल्लाका मानिसहरुले उठाए । उनीहरुले उपत्यकाको जग्गासँगै सत्तासमेत आफ्नो हातमा लिए । र, उपत्यकाबासीलाई चाँहि विस्थापित गराए । बाहिरी जिल्लाका मानिसहरुले मुलुकको सर्वोच्च ओहोदामा पुगे ।
उपत्यकामा रोपनीका रोपनी जग्गा जोडे । विडम्बना, उपत्यकाकै रैथानेबासिन्दा चाँहि न पदमा पुगे न उनीहरुसँग अहिले आफ्नो जमिन नै छ । ७४ जिल्लाका मानिसहरुले तीन जिल्ला (उपत्यका) का जनतालाई फकाएर, लोभ्याएर उनीहरुको सम्पत्ति हड्पे ।
फेरि यो कुरा नेपालीभन्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छिटो बुझे । त्यसकारण उनले आफ्नो देशमा पढ्नदेखि रोजगारीका लागि आएका नेपालसहितलाई सीमित समयमात्र बस्न दिने कानून बनाएका छन् । यसबाट अमेरिकी नागरिकलाई ठूलो राहत भएको छ । किनकि अमेरिकामा पनि गैरनागरिकहरुको बसोबास बढ्दो छ ।
जसका कारण अमेरिकी नागरिक चाँहि रोजगारीदेखि विभिन्न सेवासुविधाबाट वञ्चित हुनु परेको छ । काठमाडौं उपत्यकामा बाहिरी जिल्लाका मानिसहरुले ठूल्ठूलो घर बनाएका छन् । उनीहरु सार्वजनिक स्थलमा कुरा गरिरहेको सुनिन्छ, ‘हाम्रो त गाउँमा पनि २० रोपनी जग्गा छ । छोराछोरीले अमेरिका, अस्ट्रेलियामा समेत घरजग्गा जोडेका छन् ।’
बुढापाकाले भन्थे, जहाँ कंगाल त्यहँी चण्डाल । बाहिर जिल्लामा मानिसहरु खान नपाएपछि उपत्यका पसे । यहाँ अरुलाई ठगेर भ्रष्टाचार गरेर अकुत समपत्ति जोडे । घरजग्गा किने । छोराछोरीलाई अमेरिका, अस्ट्रेलिया पठाए । उनीहरुले उपत्यकाबासीलाई विस्थापित गराए नै सँगै अमेरिका, अस्ट्रेलियाका जनतालाई समेत विस्थापित गराउन खोजे ।
अनि यो कुरा बुझेपछि ट्रम्प एक्सनमा उत्रिएका हुन् । नेपालको वर्तमान सरकारमा केपी शर्मा ओली प्रधानमन्त्री छन् । उनको जन्मथलो तेह्रथुम हो । पछि झापा सरेको हो । ओलीको भक्तपुर बालकोटमा दश रोपनी जग्गामा दरबारजस्तो घर छ । तर, चुनाव चाँहि जहिल्यै झापाबाटै लड्छन् । शहरी विकासमन्त्री प्रकाशमान सिंह छन् । उनी काठमाडौंका रैथाने हुन् ।
ओली विदेश गएको बेला उनी कार्यवाहक प्रधानमन्त्री हुन्छन् । र, जिम्मेवारी सम्हालेर बस्छन् । उपत्यकाबासीलाई बाहिरी जिल्लाका मानिसहरुले कसरी राखेका छन् ? भन्ने यो ठूलो उदाहरण हो ।