बिहीबार, २८ जेष्ठ, २०८३

जुम्लामा ३८० मिलिग्राम लागूऔषध चरेस सहित चार जना पक्राउ

जुम्लाको तातोपानी गाउँपालिका–५ लाम्रा क्षेत्रबाट ३८० मिलिग्राम लागूऔषध चरेस सहित चार जना पक्राउ परेका छन्।

जुम्लाका डीएसपी चिरञ्जीवी दाहालका अनुसार बुधबार साँझ करिब ७ बजे जुम्ला–नाग्मा सडकखण्ड अन्तर्गत लाम्रा क्षेत्रमा मादक पदार्थ सेवन गरी शंकास्पद तथा उच्छृङ्खल गतिविधि गरिरहेको अवस्थामा चार जनालाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा तातोपानी गाउँपालिका–५ का २३ वर्षीय साईजन नेपाली, १८ वर्षीय देवराज नेपाली, १८ वर्षीय धनराज परियार र ३० वर्षीय राजेन्द्र नेपाली रहेका छन्।

डीएसपी दाहालको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरूको खानतलासी गर्दा लागूऔषध चरेश फेला परेको थियो। परीक्षणका क्रममा उक्त पदार्थ ३८० मिलिग्राम रहेको र उनिहरु सँग एउटा नग पनि फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय जुम्लामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार