सोमबार, ११ श्रावण, २०८३

जुम्लामा ३८० मिलिग्राम लागूऔषध चरेस सहित चार जना पक्राउ

जुम्लाको तातोपानी गाउँपालिका–५ लाम्रा क्षेत्रबाट ३८० मिलिग्राम लागूऔषध चरेस सहित चार जना पक्राउ परेका छन्। जुम्लाका डीएसपी चिरञ्जीवी दाहालका अनुसार बुधबार साँझ करिब ७ बजे जुम्ला–नाग्मा सडकखण्ड अन्तर्गत लाम्रा क्षेत्रमा मादक पदार्थ सेवन गरी शंकास्पद तथा उच्छृङ्खल गतिविधि गरिरहेको अवस्थामा चार जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा तातोपानी गाउँपालिका–५ का २३ वर्षीय साईजन नेपाली, १८ […]

जुम्लामा एकै विद्यालयका ४० विद्यार्थीमा ठेउलाको प्रकोप

चन्दननाथ नगरपालिका–४ स्थित जी.एम.डी. बोर्डिङ स्कुलमा अध्ययनरत ४० जना विद्यार्थीमा ठेउला (चिकेनपक्स) संक्रमण देखिएपछि विद्यालयलाई सोमबारसम्मका लागि बन्द गरिएको छ। संक्रमण फैलिन नदिन जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा चन्दननाथ नगरपालिकाकी जनस्वास्थ्य अधिकृत कमला पुन मगरको संयुक्त टोलीले विद्यालयमा पुगेर स्थलगत निरीक्षण गरेको थियो।  टोलीले प्रभावित विद्यार्थीहरूलाई घरमै आइसोलेसनमा बस्न, स्वास्थ्य […]

जुम्लामा मानवअधिकारबारे अन्तरक्रिया कार्यक्रम

राष्ट्रिय मानवअधिकार आयोगले कर्णाली प्रदेशको मानवअधिकार अवस्थाबारे जुम्लामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले सुशासनको अभाव, भ्रष्टाचार, महिला तथा बालबालिकामाथि हुने हिंसा, लागूऔषध दुरुपयोग, कमजोर सेवा प्रवाह तथा आधारभूत अधिकारको पहुँचका समस्याहरू अझै कायम रहेको बताएका छन्। कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सुशासनको अभाव र बढ्दो भ्रष्टाचारका कारण नागरिकका अधिकार कमजोर बन्दै गएको उल्लेख […]

जुम्लामा ठेउलाको प्रकोप : त्रास होइन, सचेतना, सहकार्य र जिम्मेवारीको समय

धेरैजसो बिरामीलाई अस्पताल भर्ना हुन आवश्यक पर्दैन। पर्याप्त आराम, प्रशस्त पानी तथा झोल पदार्थको सेवन, व्यक्तिगत सरसफाइ र चिकित्सकीय सल्लाहअनुसारको उपचारबाट रोग निको हुन्छ। ज्वरो नियन्त्रणका लागि चिकित्सकको सल्लाहअनुसार प्यारासिटामोल प्रयोग गर्न सकिन्छ। दाना कोट्याउने वा फोका फुटाउने काम गर्नु हुँदैन, किनकि यसले छालामा संक्रमण हुने तथा स्थायी दाग बस्ने जोखिम बढाउँछ। पछिल्ला केही सातायता […]

जुम्लामा बोलेरो जिप र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

जुम्लाको चन्दननाथ नगरपालिका–९ श्रीढुस्का स्थित नाग्म–जुम्ला सडकखण्डमा बुधबार बिहान बोलेरो जिप र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी चिरञ्जीवी दाहालका अनुसार नाग्मबाट जुम्लातर्फ आउँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बोलेरो जिप ठोक्किँदा मोटरसाइकल चालक २१ वर्षीय खकेन्द्र धराला र मोटरसाइकलमा सवार १८ वर्षीया काली धराला घाइते […]

अवसर पाए गुठिचौरलाई नेपालको टप गाउँपालिका बनाउने हुटहुटी छ

कुटिरो डट कमको ‘कुटिरो विशेष संवाद’ मा गुठिचौर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष एवं नेपाली कांग्रेस कर्णाली प्रदेश (जुम्ला जिल्ला निर्वाचन क्षेत्र ‘क’) का सचिव अर्जुन कुमार महतारा हुनुहुन्छ। उहाँसँग कुटीरोका लागि पुष्पा विष्टले लिएको अन्तर्वाताको सम्पादित अंश यहाँ प्रस्तुत छ। नमस्कार, यहाँलाई कार्यक्रममा स्वागत छ। नमस्ते धन्यवाद !​तपाईँको कार्यकालको अन्तिम वर्ष चल्दैछ। […]

ताजा समाचार