बिहीबार, २८ फाल्गुन, २०८२

नेपाल तरुण दल जुम्लाको अध्यक्षमा हेम बुढ्थापा चयन, पाँच आकांक्षी उम्मेदवारको आपत्ति

नेपाल तरुण दल जुम्लाको नवगठित कार्यसमिति विवादमा परेको छ। निर्वाचन समितिले हेम बुढ्थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सार्वजनिक गरेपछि अन्य पाँच अध्यक्ष पदका आकांक्षी उम्मेदवारहरूले यसप्रति गम्भीर आपत्ति जनाएका छन्।

निर्वाचन समितिले सार्वजनिक गरेको सूचीलाई गैरकानुनी भन्दै अध्यक्ष पदका उम्मेदवारहरू राजेन्द्र श्रेष्ठ, संजीव रावल, रतनबहादुर शाही, विरेन्द्र शाही र भरतबहादुर शाहीले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन्। उनीहरूले नेपाली कांग्रेसको पदाधिकारी बैठकको निर्णय विपरीत निर्वाचन समितिले मनोमानी ढंगबाट कार्यसमिति बनाएको आरोप लगाएका छन्।

जिल्ला उपसभापति कार्मा बुदाले पनि उक्त समिति अमान्य रहेको प्रतिक्रिया दिएका छन्। उनका अनुसार कांग्रेस जिल्ला पदाधिकारी बैठकले आकांक्षीहरूबीच सहमति नजुटे निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो। तर निर्वाचन नगरी हेम बुढ्थापाको नेतृत्वमा कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको घोषणा गरिएको छ।

अध्यक्ष पदका उम्मेदवार राजेन्द्र श्रेष्ठले भने, “यो समिति खारेज नभए हामी आफ्नो प्रक्रियामा जान खोल्न बाध्य हुनेछौं।”

यस प्रकरणले नेपाल तरुण दल जुम्लामा गहिरो आन्तरिक विवाद र असन्तुष्टि सतहमा ल्याएको छ। विवाद समाधान नभएसम्म संगठनात्मक अस्थिरता बढ्ने संकेत देखिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार