तरुण दल जुम्लामा विवाद, समानान्तर समितिको अध्यक्षमा संजिव रावल

नेपाल तरुण दल जुम्लाको पाँचौं जिल्ला अधिवेशनले संगठनभित्र विभाजन ल्याएको छ। अधिवेशनमा शेखर कोइराला समूह र शेरबहादुर देउवा समूहबीच विवाद उत्पन्न भएपछि शेखर समूहले समानान्तर जिल्ला समिति गठन गरेको घोषणा गरेको हो। शेखर समूहका अनुसार अधिवेशन प्रक्रियामा देउवा पक्षले “गलत मनसायले एकलौटी रूपमा कार्यसमिति र महाधिवेशन प्रतिनिधिहरूको चयन” गरेको छ। केही व्यक्तिको मिलेमतोमा प्रक्रिया लत्याएर […]
फर्जी चिकित्सकको भरमा जलेश्वरका डेन्टल क्लिनिक

महोत्तरीको सदरमुकाम जलेश्वरमा सञ्चालित अधिकांश डेन्टल क्लिनिकहरू फर्जी चिकित्सकको भरमा सञ्चालन भइरहेको खुलासा भएको छ। नेपाल मेडिकल काउन्सिलले विहीबार गरेको अनुगमनका क्रममा डाक्टरको बोर्ड टाँसिए पनि वास्तविक रूपमा प्रशिक्षित चिकित्सकहरू नभई टेक्निसियन तथा अन्य व्यक्तिले विरामीको चेकजाँच गरिरहेका थिए। अनुगमन टोलीको नेतृत्व काउन्सिल सदस्य तथा नेपाल डेन्टल एशोसिएशनका अध्यक्ष डा. अजयकुमार साहले गरेका थिए। टोलीले […]
हृदयन्द्रको भ्लगभित्रको देखिएको विनम्रता, सादगीपन र कर्णालीको सौन्दर्य

हृदयन्द्रको आवाज अंग्रेजी भए पनि भाव भने नेपाली नै हो। साधारण मानिसको कथा बुझ्ने, सम्मान गर्ने, अनि उनीहरूबाट सिक्ने। उनी राजपरिवारको सदस्य होलान्, तर यो यात्रामा उनी पहिले पर्यटक हुन्, अनि सधैंभरि एक सिक्ने व्यक्ति। जन्मदिन भनेको प्रायः पार्टी, केक, र फुर्सदिलो क्षणहरूको सम्झना हो। तर, पूर्वयुवराज हृदयन्द्र शाहले आफ्नो २३ औं जन्मदिनलाई खास बनाउने […]
जय रत्न कर्णाली बोर्डिङ स्कुलका विद्यार्थीहरूबाट कपडा बैंकलाई सहयोग

सामाजिक उत्तरदायित्वप्रति सचेत हुँदै जय रत्न कर्णाली बोर्डिङ स्कुल, जुम्लाका विद्यार्थीहरूले जिल्लामा सञ्चालनमा रहेको हाम्रो साझा कपडा बैंकलाई तीन बोरा लुगा सहयोग गरेका छन्। सहयोग गरिएका कपडाहरू गरीब, विपन्न तथा विपद् प्रभावित परिवारलाई निःशुल्क वितरण गरिने उद्देश्य राखिएको छ। यस अभियानमार्फत विद्यार्थीहरूमा सामाजिक सेवाको भावना विकास गर्नुका साथै, “हामी पनि समाजका लागि केही गर्न सक्छौं” […]
नेपाल तरुण दल जुम्लाको अध्यक्षमा हेम बुढ्थापा चयन, पाँच आकांक्षी उम्मेदवारको आपत्ति

नेपाल तरुण दल जुम्लाको नवगठित कार्यसमिति विवादमा परेको छ। निर्वाचन समितिले हेम बुढ्थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सार्वजनिक गरेपछि अन्य पाँच अध्यक्ष पदका आकांक्षी उम्मेदवारहरूले यसप्रति गम्भीर आपत्ति जनाएका छन्। निर्वाचन समितिले सार्वजनिक गरेको सूचीलाई गैरकानुनी भन्दै अध्यक्ष पदका उम्मेदवारहरू राजेन्द्र श्रेष्ठ, संजीव रावल, रतनबहादुर शाही, विरेन्द्र शाही र भरतबहादुर शाहीले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका […]
तरुण दल जुम्लाको अध्यक्षमा हेम बुढथापा

नेपाली कांग्रेस निकट नेपाल तरुण दलको पाँचौं जिल्ला अधिवेशन अन्तर्गत भएको निर्वाचनबाट हेम बहादुर बुढथापाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। साउन ९ गते उद्घाटन भएको सम्मेलनको साउन १० गतेदेखि बन्द सत्र सुरु भएपनि नेतृत्व चयन प्रक्रिया अगाडि बढ्न सकेको थिएन। बिहीबार अध्यक्ष सहित सबै पदमा नेतृत्व सर्वसम्मत रुपमा चयन गरिएको निर्वाचन अधिकृत […]
कांग्रेस पदाधिकारीको निर्णय : तरुण दल जुम्लामा निर्वाचन प्रक्रिया अघि बढ्ने

नेपाल तरुण दल जुम्लाको पाँचौं जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन प्रक्रिया निर्णायक चरणमा पुगेको छ। अधिवेशनको बन्द सत्रमा अध्यक्षदेखि अन्य पदहरूमा उल्लेखनीय संख्यामा उम्मेदवारी परेपछि निर्वाचनको सम्भावना बलियो बनेको थियोे। तथापि नेतृत्व सर्वसहमतिमा चयन गर्ने भन्दै नेपाली कांग्रेस जुम्लाले उच्चस्तरीय समिति बनाएको थियो। तर पार्टीको पदाधिकारी बैठकले निर्वाचन मण्डललाई यथासिघ्र प्रक्रिया अघि बढाउन निर्देशन […]
कविता – अभाव

रित्तो भाँडो हेर्दै भन्नुहुन्छ आमाआज केही छैन छोरी !तिम्रो भोक देखेर म अघाएको छु!आँखामा तिम्रो आँसु देखेरयो मन भाँच्चिन्छ कुँडिन्छभोकले पेट कराएको कर्कस आवाजर पल्लो घरबाट आएको खानाको मीठो वासनालेसाँच्चै कति गहिरो प्रश्न सोध्छछोरी ! म तिमीलाई के जवाफ दिउँ ?फाटेका लुगाफाटाले मन टालिदोँ रहेनछच्यातिएका जुत्ताले हिँड्ने इच्छा नमर्दो रहेछसपना त आँखामा छतर किताब हातमा […]
घट्दो सरकारको आम्दानी र बढ्दो वैदेशिक ऋणको ब्याजदरले संकटमा देश !

हरेक वर्ष खर्बौं वैदेशिक ऋणको भार बढिरहेको छ। एकातिर कर नउठाउने अर्कोतिर तलब र सेवासुविधा बढाएको बढाउँदै गर्ने। त्यसका लागि पैसा चाहियो। त्यसपछि सरकारले ‘चोर नीति’ अपनाएको छ। जसको प्रतिफल हो २७ खर्ब पाँच अर्ब १७ करोड रुपैयाँ वैदेशिक ऋण। कर उठाउनु सरकारको र कर तिर्नु जनताको दायित्व हो। सरकारी खर्च, विकास करबाटै गर्नैपर्छ। कर […]





