बिहीबार, २८ फाल्गुन, २०८२

तरुण दल जुम्लाको अध्यक्षमा हेम बुढथापा

नेपाली कांग्रेस निकट नेपाल तरुण दलको पाँचौं जिल्ला अधिवेशन अन्तर्गत भएको निर्वाचनबाट हेम बहादुर बुढथापाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।

साउन ९ गते उद्घाटन भएको सम्मेलनको साउन १० गतेदेखि बन्द सत्र सुरु भएपनि नेतृत्व चयन प्रक्रिया अगाडि बढ्न सकेको थिएन।

बिहीबार अध्यक्ष सहित सबै पदमा नेतृत्व सर्वसम्मत रुपमा चयन गरिएको निर्वाचन अधिकृत भक्त बहादुर बुढाले जानकारी दिए।

निर्वाचित कार्यसमितिको अध्यक्ष पदमा हेम बहादुर बुढथापा चयन भएका छन् भने उपाध्यक्षमा रतन बहादुर शाही र माधव राज शर्मा निर्वाचित भएका छन्।

त्यस्तै सचिवमा कृष्ण प्रसाद उपाध्याय, सह-सचिवमा कुमल बहादुर बाहोरा र कोषाध्यक्षमा डिल्ली प्रसाद उपाध्याय सर्वसम्मत चयन भएका हुन् भने कुल ३१ जनाको समिति सर्वसहमतिले निर्वाचित गरिएको छ।

निर्वाचन अधिकृत बुढाले प्रक्रिया पारदर्शी, लोकतान्त्रिक र शान्तिपूर्ण तरिकाले सम्पन्न भएको भन्दै सबै उम्मेदवार र प्रतिनिधिहरुलाई धन्यवाद व्यक्त गरे।

अधिवेशनबाट नयाँ नेतृत्व चयनसँगै अब जुम्ला जिल्लामा तरुण दलको संगठन सुदृढ गर्दै युवामैत्री कार्यक्रम सञ्चालन गरिने अपेक्षा गरिएको छ। अध्यक्ष बुढथापाले आफूहरुले पार्टी नीति र संगठन विस्तारमा सकृय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए।

नेपाल तरुण दलको यस अधिवेशनलाई कांग्रेसको संगठनात्मक गतिविधिका हिसाबले महत्वपूर्ण मानिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार