मंगलवार, ३ असार, २०८२

नारी दिवसको अवसर पारेर तातोपानीमा भव्य कार्यक्रम

“सबै महिला तथा बालिकाको लागि अधिकार, समानता र सशक्तीकरण” नारासहित आयोजित यो कार्यक्रममा महिलाहरूले देउडा, हुड्के नृत्य र एकल गायनमार्फत आफ्ना पीडा, अधिकार र सशक्तीकरणका सवालहरूलाई सशक्त रूपमा प्रस्तुत गरे।

जुम्लाको तातोपानी गाउँपालिकाले ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसलाई उत्सवको रूपमा मनाउँदै महिलाहरूको सशक्तीकरण र अधिकारका मुद्दालाई जोड दिएको छ। गाउँपालिकाको केन्द्र लिताकोटमा आयोजित भव्य सांस्कृतिक कार्यक्रममा पूर्वराज्यमन्त्री तथा नेकपा माओवादी केन्द्र जुम्लाका सह-इन्चार्ज गोमा कुँवर प्रमुख अतिथिको रूपमा सहभागी भइन्।

वडा नं. १ देखि ६ सम्मका महिलाहरूको उल्लेख्य सहभागिताले कार्यक्रमलाई थप जीवन्त बनायो। “सबै महिला तथा बालिकाको लागि अधिकार, समानता र सशक्तीकरण” नारासहित आयोजित यो कार्यक्रममा महिलाहरूले देउडा, हुड्के नृत्य र एकल गायनमार्फत आफ्ना पीडा, अधिकार र सशक्तीकरणका सवालहरूलाई सशक्त रूपमा प्रस्तुत गरे।

कार्यक्रममा सहभागी महिलाहरूले आफ्नो कला र भावनामार्फत सामाजिक परिवर्तनको सन्देश प्रवाह गरेका थिए। प्रमुख अतिथि कुँवरले महिलाहरूलाई चुलो-चौकामा सीमित नराखी विकास निर्माण र नेतृत्वको अग्रपङ्क्तिमा उभिन प्रेरित गरिन्।

“महिलाहरू सहायक भूमिकामा मात्र होइन, नेतृत्वमा पनि सक्षम छन्,” उनले भनिन्। जनआन्दोलन, जनयुद्ध र संघीयताले महिलाका अधिकारका लागि आधार तयार पारे पनि पुरुषवादी सोचका कारण कार्यान्वयनमा चुनौती रहेको उनको ठम्याइ छ।

गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले महिला र पुरुषबीचको विभेद हटाउन सामाजिक चेतनाको खाँचो रहेको औंल्याए। “महिलाहरू विकास र नेतृत्वमा अग्रसर हुँदा समाजमा सकारात्मक परिवर्तन सम्भव छ,” उनले भने।

यस्तै, उपाध्यक्ष रेवती रावलले नारी दिवस एउटा दिनको उत्सवमा सीमित नहुनुपर्ने बताउँदै सशक्तीकरणका एजेन्डालाई निरन्तर प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन्। उनले सहभागी देउडा टोलीहरूलाई प्रोत्साहनस्वरूप नगद पुरस्कार प्रदान गरिएको जानकारी समेत दिइन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार