बुधबार, २४ भाद्र, २०८३

कुटीरोमा अक्षर वार्ता विथ मदन संचालन हुँदै

जहाँ अक्षर बोल्छन्, भावना पोखिन्छन्।

गजल, कविता र मुक्तकसँग गन्थन गर्ने यो साझा चौतारीमा हामी सर्जकका रचनामात्र होइन, ती रचनाभित्र लुकेका अनुभूति, विचार, संघर्ष, सपना र सिर्जनायात्रासँग पनि संवाद गर्नेछौँ।

यो यात्रामा गजलकारसँग १७ प्रश्न हुनेछन्। तीमध्ये केही प्रश्न गजलकारको आफ्नै सिर्जनात्मक यात्रा, लेखनशैली र अनुभवसँग जोडिएका हुनेछन् भने बाँकी प्रश्नहरू हाम्रो संवादको मूल संरचनाअनुसार रहनेछन्। र, कुनै एक प्रश्नको उत्तर दिन मनले नमानेमा वा असहज लागेमा, गजलकारले एउटा प्रश्न ‘स्किप’ गर्न सक्नुहुनेछ।

कवितातर्फ पनि हाम्रो यात्रा १७ प्रश्नकै हुनेछ। कविको कविता लेखनको सुरुवातदेखि सिर्जनाभित्रका अनुभूति, विचार र दृष्टिकोणसम्म पुग्ने प्रयास हुनेछ। केही प्रश्न कविको आफ्नै यात्राअनुसार विशेष हुनेछन् भने केही प्रश्न हाम्रो साझा संरचनाका हुनेछन्। यहाँ पनि एउटा प्रश्न ‘स्किप’ गर्ने अधिकार कविसँग सुरक्षित रहनेछ।

त्यसैगरी, मुक्तककारसँग पनि १७ प्रश्नमार्फत मुक्तकको मर्म, सौन्दर्य, शिल्प, अनुभूति र समयसँगको सम्बन्धबारे गन्थन गर्नेछौँ। मुक्तककारको आफ्नै सिर्जनायात्रासँग जोडिएका केही विशेष प्रश्न हुनेछन् भने बाँकी प्रश्नहरू साझा संरचनामै रहनेछन्। कुनै प्रश्नको उत्तर दिन असहज लागेमा एउटा प्रश्न ‘स्किप’ गर्न सकिनेछ।

हामी सर्जकलाई प्रश्नभित्र बाँध्न चाहँदैनौँ, बरु प्रश्नको बाटो हुँदै सर्जकको मनसम्म पुग्न चाहन्छौँ। यहाँ अक्षरसँग अक्षरको भेट हुनेछ, सर्जकसँग सर्जकको संवाद हुनेछ।

पहिलो शृङ्खलामा सुदूरको माटोमा जन्मिएर विगत दुई दशकदेखि निरन्तर अक्षरको खेती गरिरहनुभएका सर्जक दीर्घराज प्रियसी रहनुहुनेछ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार