शुक्रबार, २६ भाद्र, २०८३

कविता : बा, मेरो सिङ्गो संसार

शब्दको परिधिमा नअटाउने,
क्यानभासका रङमा नअटाउने,
तिम्रो महिमा कति असीम छ, बा!

लड्नुअघि नै छहारी बनिदिने,
अलमलिँदा यात्रामा उज्यालो छरिदिने,
सत्य, निष्ठा र सदाचार सिकाइदिने,
निःस्वार्थ प्रेमको बोध गराइदिने।

आफू ओइलाएर हामीलाई फक्राउने,
आफ्ना सपना त्यागेर हाम्रा रहर सजाउने,
सन्ततिका निम्ति आफ्नो सर्वस्व अर्पण गर्ने,
अथाह स्नेहको जीवित प्रतिबिम्ब हौ, बा।

तिम्रो समर्पणको गहिराइ
न त नाप्न सकिन्छ,
न त शब्दमा कोर्न सकिन्छ।
सकिन्छ त केवल
मनैदेखि महसुस गर्न,
मनन गर्न र आत्मसात् गर्न।

त्यसैले त,
तिम्रो काख नै मेरो सिङ्गो संसार हो, बा!

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार