संसार विभिन्न खाले महिला अधिकारको लागि ठूलो क्रान्ति भएपछि संयुक्त राष्ट्रसंघ (युएओ)ले सन् १९७७ मा औपचारिक रूपमा मार्च ८ लाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा घोषणा गरेको थियो।
११५ औं अन्तर्राष्ट्रिय नारी दिवस, “सबै महिला तथा बालिकाकाे लागि अधिकार समानता र सशक्तीकरण” भन्ने नारासहित जुम्ला सदरमुकाममा अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ। खलंगा बजारमा बाजागाजा सहित नारी दिवस भब्यताको साथ मनाइएको हो।
चन्दननाथ नगरपालिका,नेपाल प्रहरी जुम्ला,जिल्ला स्तरीय युवा मानवअधिकार रक्षक सञ्जाल र लगायत विभिन्न गैरसरकारी निकायहरूको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय नारी दिवस मनाईएको हो। बजार परिक्रमा गरिसकेपछि टुडिखेल खेल मैदानमा चन्दननाथ नगरपालिकाका सबै वडाका महिलाहरुको डेउडा प्रस्तुति गरेका छन्।
नारी दिवसको सुरुवात १९०९ मा अमेरिका मा पहिलोपटक मजदुर महिलाहरूको आन्दोलनबाट भएको थियो। सन् १९१० मा डेनमार्कको कोपेनहेगनमा भएको समाजवादी अन्तर्राष्ट्रिय महिला सम्मेलनमा जर्मन समाजवादी नेता क्लारा जेट्किनले यो दिवस मनाउने प्रस्ताव राखेकी थिइन्।
संसार विभिन्न खाले महिला अधिकारको लागि ठूलो क्रान्ति भएपछि संयुक्त राष्ट्रसंघ (युएओ)ले सन् १९७७ मा औपचारिक रूपमा मार्च ८ लाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा घोषणा गरेको थियो।
यो दिवस विशेषगरी महिलाहरूको अधिकार प्राप्ति नारी पुरुषमा समानता, नारीलाई सम्मान, र नारी सशक्तीकरणका लागिप्रत्येक वर्ष मार्च ८ मा विश्वभए एकैसाथ मनाइदै आएको छ।
यो दिन महिलाको हक अधिकार लागि परिवर्तनकारी भूमिका खेल्ने महिलालाई विभिन्न देशले विभिन्न किसिममा पुरस्कार,सम्मान समेत गर्दै आएका छन्।