ए! मेरी प्यारी!
आज तिमी फेरी
के गर्न तम्सिछौ?
ढिँडो है पकाउ
कर्कलो पकाउ
क्या मीठो हुन्छ हौ।
आलु र गोवी
मिसाई कन
तर्कारी पकाउहै
तताई भुटुन्
त्यसैमा खन्याई
झ्वाईँअ पार है।
धनियाँका पात
त्यसैमा टिमुर
लसुन् नी राख है
थोरै नुन् राखि
चटनी पिस
खोर्सानी नबिर्सेहै।
कर्कलोमा पनि
तरकारीमा पनि
जिम्मुले झान है
घर् टोल भरी
बासना आउँछ
क्या स्वादी खाना है।
ठेकीमा दही
जमाको होला
मोही पनि पार है
डल्ला डल्ला पारि
डिँडो खाए पछि
मोही पनि पिउँ है।
घरका जहान
भान्सामा बसी
खाँदा क्या रमाइलो
सबैका गफ
सुनेर खाँदा
साँच्चै घमाइलो!
बबालै मीठो
अर्गानिक खाना
खाएर जिउने हो
गाउँलेले खाने
सादगी खाना
खाएर रम्ने हो।
गाउँलेले खाने
सादगी खाना
खाएर रम्ने हो।
२०८१/११/१९
















