बिहीबार, २८ फाल्गुन, २०८२

कर्नालीको दु:ख पीडा देखाउने बाहेक अन्य लक्ष्य रहेन फिल्मको पनि

कर्णालीको कथामा आधारित चलचित्र बनाउनेहरुको सङ्ख्या तिब्र रुपमा वृद्धि हुँदै गएको पाइन्छ। तर विडम्बना, जसले कर्णालीको सधैं शोक, भोक र रोग देखाउँछ। जसले कर्णाली क्षेत्रको अभाव बेचेर चलचित्र निर्माण गर्छ त्यसैले बुझ्दैन, कर्णाली सम्भावनाको उद्घम स्थल हो भनेर।

वर्तमान समयमा नेपाली चलचित्र क्षेत्रमा एउटा फिल्म निकै चर्चामा आएको छ। उक्त फिल्म फाल्गुन १४ गते महाशिवरात्रीको दिनबाट फिल्म हलमा लागिरहेको छ। उक्त फिल्मले केही समय अगाडि प्रदर्शनमा आएको ‘पुर्ण बहादुरको सारङ्गी’पछिको स्थान ओगट्ने आँकलन धेरै नेपाली चलचित्र प्रेमीहरुले ठोकुवा गरेका छन्।

उक्त फिल्म हो, ‘लाज शरणम्’। यतिबेला यो फिल्मको चौतर्फी रुपमा प्रचारप्रसार छ। कर्णालीको दु:ख पीडाको कथानात्मक निकै गहन रुपमा अभिनय गरिएको यस चलचित्रले धेरैको मन छोएको छ।

चलचित्र ‘लाज शरणम्’मा विशेषत् कर्णालीको वास्तविक जीवनशैलीलाई देखाउन खोजिएको छ। कर्णालीली बासीले भोग्नु परेको अनेक विषयवस्तुलाई समेट्ने कोसिस फिल्मले प्रशस्त रूपमा गर्न भने खोजेको छ।

सक्किगोनी टेलिसिरियलको विशेषत् हाँस्य कलाकार टिमले निर्माण गरेको चलचित्र ‘लाज शरणम्’ यतिबेला देशव्यापी रुपमा चासोको चर्चाको विषय बनेको छ। हुन त कर्णालीमा छायांकन गरिएका चलचित्रहरु प्रायः अन्तर्राष्ट्रिय बजारमा ठूलो बजार पाइरहेका छन्।

पानीफोटो, कोपिला, बुलाकी, मसान जस्ता फिल्महरु कर्णाली क्षेत्रमै छायांकन गरिएका चलचित्रहरु हुन। यी चलचित्रहरुले विभिन्न अन्तर्राष्ट्रिय स्तरका चलचित्र महोत्सवहरुमा सहभागी हुने उत्कृष्ट चलचित्रहरु हुन।

कर्णालीको कथामा आधारित चलचित्र बनाउनेहरुको सङ्ख्या तिब्र रुपमा वृद्धि हुँदै गएको पाइन्छ। तर विडम्बना, जसले कर्णालीको सधैं शोक, भोक र रोग देखाउँछ। जसले कर्णाली क्षेत्रको अभाव बेचेर चलचित्र निर्माण गर्छ त्यसैले बुझ्दैन, कर्णाली सम्भावनाको उद्घम स्थल हो भनेर।

पछिल्लो समयमा प्रदर्शनमा आएको चलचित्र ‘लाज शरणम्’मा पनि कर्णाली बासीले भोगेको यथार्थपरक विषयवस्तुको उठान गरिएको छ। चलचित्रबाट एक सन्देश प्रवाह गर्न खोजिएको छ। त्यही चलचित्रमा पात्रको भुमिका निभाउने पात्रले कर्णालीलाई अभाव, भोकमरी, विकट बाहेक केही देख्दैन।

यसबाट अनुमान गर्न सकिन्छ कि कर्णालीप्रति चलचित्रकर्मीले हेर्ने नजरिया कति फरक छ भन्ने। कर्णालीलाई साधनको रुपमा प्रयोग मात्रै गर्न खोजिएको प्रष्ट देख्न सकिन्छ।

‘लाज शरणम्’ चलचित्रमा अभिनय गर्ने चर्चित हाँस्य कलाकार कमलमणी नेपाल (खुपिका बाउ)को कर्णालीप्रति हेर्ने दृष्टिकोण निकै तुच्छ देखिएको छ। चलचित्रमा पात्रको रुपमा जे जे भूमिका खेले पनि उनले व्यवहारिक रुपमा कर्णालीप्रति हेर्ने दृष्टिकोण घृणित देख्न सकिन्छ।

उनको यो स्तरको कर्णाली प्रतिको हेर्ने नजरियाले यो भन्न सकिन्छ कि उनले कर्णालीप्रति देखाएको अपमान खेदजनक छ। उनले एक अन्तर्वार्तामा भनेका छन् ‘डोल्पामा बसुन्जेलसम्म मैले नुहाइनँ किनभने त्यहाँ नुहाउन त्यति राम्रो सुविधा पनि थिएन। वातावरण पनि थिएन। फिल्ममा देखिहाल्नु भो, कर्णाली कस्तो रहेछ त्यहीँबाट देखिन्छ। क्यारेकटरको लागि भन्दा पनि त्यो नुहाउनको लागि भनेको अत्यन्तै चिसो पानी त्यहीँमाथि तातो पानी कल्ले ल्याइदिन्छ। यसै पनि भूगोलले ठगेको कर्णालीलाई चाहिँ राजधानीमा बस्ने सुकिलाहरुले पनि ठगेका छन्। हामी त राजधानीमा बसेका सुख सयल बसेका मान्छे हौं एक हिसाबले। हामीले पनि ठगेका छौं कर्णालीलाई।’

हुन त उनको भनाइमा एक दृष्टिले ठिक मान्न सकिन्छ। तर उनले कर्णालीप्रति हेर्ने दृष्टिकोण बुझाइको स्वरुप हेर्ने हो भने तल्लो स्तरको देखिन्छ। उनको आसय कर्णालीमा बस्ने मान्छेले नुहाउदैनन्। किनभने पानी अत्याधिक मात्रामा चिसो हुन्छ। तर उनलाई यो लागेन छ सायद मान्छे परिवेश अनुरुप हुर्कन सक्छ।

उनको दृष्टिले कर्णालीलाई त भूगोलले मात्रै ठगेको छ। उनको दृष्टिले कर्णाली अभाव भएको मात्र छ। उनको दृष्टिले चिसो मात्र कठिनाइ हो। उनले त्यो भित्र खोजीनीति किन गर्न सकेनन्? कर्णाली सम्भावना बृहत् अध्याय हो भन्ने?

कर्णाली भौगोलिक रुपमा विकट भएता पनि प्राकृतिक, सांस्कृतिक, जैविक, ऐतिहासिक दृष्टिकोणले भरिएको एक महासागर हो भन्ने किन बुझेनन् उनले? कर्णालीलाई भोक, शोक, रोग देख्ने आँखाले कर्णालीलाई भोको पेटको अन्न, रोगको औषधि, शोकको मनोविद् किन देखेनन् खै?

एउटा चलचित्रकर्मीले त कर्णालीमै बसेर छायांकन गरिसकेपश्चात् यो स्तरको अभिव्यक्ति दिन्छ भने उनीहरुले कहिल्यै चाहँदैनन्। कर्णाली विकास कर्णाली समृद्ध भएको हेर्न चाहन्छ, सायद।

कर्णाली त कथा जन्माउने भूमी हो। स्वर्ग नदेखिए पनि कर्णाली देखिएको एक स्वर्ग हो। कर्णालीलाई जोसुकैले जस्तो परिभाषित गरून् तर कर्णाली मान्दैन कर्णाली त प्रचुर सम्भावनाको महाकाव्य हो। कर्णालीलाई अझै भोक, शोक, रोग देख्ने दृष्टिकोण, चरित्रमा परिवर्तन आउन जरुरी छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार