आईतवार, ७ बैशाख, २०८२

अनुदानमा सस्तो चिनी बिक्री गर्दै खाद्य संस्थान जुम्ला

एक पटकमा एक जना ग्राहकलाई पाँच किलो चिनी उपलब्ध गराउने गरिएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाले फागुन महिनादेखि बजार मूल्यभन्दा सस्तो दरमा चिनी बिक्री सुरु गरेको छ।

बजारमा प्रतिकिलो १२० रुपैयाँमा बिक्री भइरहेको चिनी खाद्य संस्थानमार्फत ११० रुपैयाँमा उपलब्ध भइरहेको हो।

खाद्य संस्थान जुम्लाका प्रमुख मनोज जोशीका अनुसार, यो कदमले स्थानीय उपभोक्तालाई राहत प्रदान गर्नुका साथै बजारमा मूल्य स्थिरता कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

“हामीले अनुदानमा चिनी बिक्री सुरु गरेका छौं। यसबाट सर्वसाधारणले सुलभ मूल्यमा सामान पाउन सकून् भन्ने उदेश्य राखिएको छ” जोशीले भने।

उनका अनुसार शनिबार बाहेक हरेक दिन चिनी बिक्री भइरहेको छ। एक पटकमा एक जना ग्राहकलाई पाँच किलो चिनी उपलब्ध गराउने गरिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार