बुधबार, ४ असार, २०८२

कविता : नेतृत्व गुण

सायद, नेतामा हुने गुण भएरै होला
नेताले आफ्नो कोट र भोट माग्न कुर्सी तान्न कहिलै छोडेनन्
जितेर गाँउमा आउँदा सवारी उतै राखे भत्किएको पुल जोडेनन्

सायद, नेतामा हुने गुण भएरै होला
जनताले जे माग्थ्यौं हुन्छ भन्थ्यौ हुन्न कहिल्यै भनेनौ,
मेरो होइन हाम्रो हो भन्ने निर्दोष युवालाई कहिल्यै चिनेनौ,

सायद, नेतामा हुने गुण भएरै होला
हाम्रो होइन मेरो हो भन्नेलाई सोकिय राख्यौँ कसरी विकास हुन्थ्यो अचेल
दोषीलाई कारवाही हुँदैन यहाँ निर्दोषलाई जहिले पनि जेलनेल

सायद, नेतामा हुने गुण भएरै होला
सायद, युवामा हुने गुण भएरै होला
हाम्रो चेतावनी घमण्ड के को लागि गर्छौ नेताज्यू मरेरै जानुछ खोला
रित्तिने छन् जनताका रगत र पसिनाले भरिएका हजुका झोला
सायद, युवामा हुने गुण भएरै होला

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार