स्थानीयस्तरमा सेवा प्रभावकारी बनाउन आवश्यक पूर्वाधार निर्माण गर्नु महत्वपूर्ण भएको बताउँदै वडाध्यक्ष बुढाले जानकारी।
जुम्लाको गुठिचौर गाउँपालिका -३ मा वडा कार्यालय भवनको शिलान्यास गरिएको छ। नयाँ भवन निर्माणपछि स्थानीयवासीले सहज रूपमा सेवा पाउने अपेक्षा गरिएको छ।
वडाध्यक्ष इन्द्र बुढाले भवन शिलान्यास गर्दै सेवाप्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन वडा कार्यालय भवन निर्माणलाई तीव्रता दिइने बताए।
“संघीय सरकारको ५० लाख लगानीमा निर्माण कार्य सुरु भएको छ,” भने भने, “साविक वडा कार्यालय अगाडि निर्माण हुने उक्त भवन एकतले हुनेछ र यसमा छ कोठा रहनेछन्।”
स्थानीयस्तरमा सेवा प्रभावकारी बनाउन आवश्यक पूर्वाधार निर्माण गर्नु महत्वपूर्ण भएको बताउँदै वडाध्यक्ष बुढाले निर्माण उपभोक्ता समितिलाई गुणस्तरीय र समयमै निर्माण कार्य सम्पन्न गर्न आग्रह गरे।
उनले भवन निर्माण सम्पन्न भएसँगै वडावासीलाई सेवा लिन सहज हुनेमा आफू विश्वस्त रहेको बताए।
नयाँ कार्यालय भवनको निर्माणले वडा कार्यालयका कर्मचारी र सेवाग्राही दुवैलाई सहज हुने भएकाले स्थानीयबासीले यसलाई सकारात्मक रूपमा लिएका छन्।
















