काठमाडौं, वैशाख १९ — रामचन्द्र पौडेल ले एकैचोटि तीन वटा अध्यादेश जारी गरेका छन्।
राष्ट्रपतिको कार्यालयले सार्वजनिक गरेको विज्ञप्ति अनुसार स्वास्थ्य विज्ञान प्रतिष्ठान, सार्वजनिक पदाधिकारीको पदमुक्ति व्यवस्था तथा विश्वविद्यालयसम्बन्धी कानुन संशोधन गर्न ती अध्यादेश जारी गरिएको हो।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले उक्त अध्यादेशहरू जारी गरेका हुन्। यसअघि सरकारले कुल ६ वटा अध्यादेश जारी गर्न सिफारिस गरेको थियो।
त्यसमध्ये राष्ट्रपतिले यसअघि नै सहकारी, सार्वजनिक खरिद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेशहरू पनि जारी गरिसकेका छन्।
















