जुम्लाको सदरमुकाम खलङ्गा बजारस्थित खलङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा महेन्द्र बहादुर थापा निर्वाचित भएका छन्।
छैठौं वार्षिक साधारण सभामा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि मतदान प्रक्रियाबाट नयाँ नेतृत्व छनोट गरिएको हो।
आईतबार अबेर सार्वजनिक मतपरिणामअनुसार थापाले ४०९ मत ल्याउँदै अध्यक्ष पदमा विजय हासिल गरे। उनका निकटतम प्रतिस्पर्धी अशोक कुमार श्रेष्ठ र मिन बहादुर थापाले समान २१८ मत प्राप्त गरेका थिए।
उपाध्यक्षमा काली बहादुर थापा ४९५ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी काली बहादुर महतले २७० मत पाए। महासचिवमा दत्त बहादुर शाही ३४१ मतसहित निर्वाचित हुँदा टिका नगरकोटीले ३१४ मत प्राप्त गरे।
सचिवमा जगत बहादुर रोकाया ३२१ मत ल्याएर विजयी भए भने अंगराज चौलागाईंले ३०६ मत पाए। सदस्यमा गौकला सार्की निर्वाचित भएकी छन्।
समितिमा १,८६४ मतदाता रहेकामा ८७२ मत खसेको थियो। निर्वाचनमा मतदाताको उल्लेखनीय सहभागिता देखिएको थियो।
















