मंगलवार, ३ असार, २०८२

कविता : आवाज मेरो मौनता मै

आवाज मेरो मौनता मै
सिमित हुँदा
के नै हुन्छ र?
प्रश्न बनि तिमी
मलाई जावफ बन्न
बाध्य नबनाउ,

छायाँ पनि त
उज्यालो हुन्जेल नै हो
अन्धकार सित,

मितेरी गाँसेकोलाई तिमी
त्यसै ओझेल भयो नभन्नु
नहराई त त्यो जून पनि चम्किन्न
म हराउँदा के नै भो र?

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार