सोमबार, ७ बैशाख, २०८३

दैलेखमा सामुदायिक स्वास्थ्य निरूपणबारे नगरपालिका स्तरीय अभिमुखीकरण सम्पन्न

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत जनस्वास्थ्य महाविद्यालय, जुम्लामा अध्ययनरत जनस्वास्थ्य संकाय (बि.पी.एच) दोस्रो वर्षका विद्यार्थीहरूले सामुदायिक स्वास्थ्य निरूपण कार्यक्रम अन्तर्गत नगरपालिका स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेका छन्।

कार्यक्रम प्रतिष्ठानका सहायक प्राध्यापक ओम प्रकाश काफ्लेको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख भरत प्रसाद रिजाल, विशेष अतिथि उपप्रमुख बिना कार्की, प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बुढा तथा प्रतिष्ठानका सिनेट सदस्य भीमा कुमारी बैगा लगायतको उपस्थिति रहेको थियो।

साथै स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ्य अधिकृत सुशिल शाहीसहित सरोकारवाला निकायका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।

अभिमुखीकरण कार्यक्रममा जनस्वास्थ्यको महत्व, स्थानीय तहमा स्वास्थ्य अवस्थाको अध्ययन तथा सामुदायिक स्वास्थ्य निरूपणको आवश्यकता सम्बन्धी विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले समुदायमा रहेका स्वास्थ्य समस्याको पहिचान, तथ्यांक संकलन तथा समाधानका उपायबारे आफ्ना धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख रिजालले जनस्वास्थ्य क्षेत्रमा विद्यार्थीहरूको सक्रियता प्रशंसनीय रहेको बताउँदै स्थानीय तहसँग सहकार्य गरी समुदायस्तरमा प्रभावकारी काम गर्न आग्रह गर्नुभयो। उहाँले यस्ता कार्यक्रमले स्थानीय स्वास्थ्य सेवा सुधारमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।

नगरपालिकाको तर्फबाट सहभागी प्राध्यापक तथा विद्यार्थीहरूलाई स्वागत गर्दै आगामी दिनमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाइएको छ। कार्यक्रमले विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान हासिल गर्न तथा समुदायसँग प्रत्यक्ष जोडिने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार