‘सपादलक्ष कर्णाली’ पुस्तक र ‘म मान्ठ हुँ’ गीत मार्फत उनले कर्णालीको विविधता, भाषा, संस्कार र पहिचानलाई देशभरि परिचित गराएका छन्।
जुम्ला तातोपानी गाउँपालिका-५ लाम्रामा जन्मिएका माधव चौलागाईं मन्त्री बनेका छन्। लेखन एवं अनुसन्धानमा दखल राख्ने उनले कर्णालीको इतिहास, संस्कृति, समाज र विकासका बारेमा अध्ययन गरिरहेका छन्।
उनी जनस्वास्थ्य र ग्रामिण विकासको विषयमा रुची राख्ने उनले दुई दशकभन्दा बढी समय जनस्वास्थ्य र विकास क्षेत्रमा बिताएका छन्।
कर्णाली उत्सव जस्तो सामाजिक प्लेटफर्म निर्माण गरेर कर्णाली बारेको बहसलाई फराकिलो पार्ने अभियान चलाइरहेका छन्।
कर्णाली मसिनो गरि बुझेका चौलागाईंलाई प्रधानमन्त्री सुशीला कार्कीले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएकी छन्।
पेशाले जनस्वास्थ्यविद् भए पनि चौलागाईंको सक्रियता स्वास्थ्यसेवा र कार्यक्रम मात्रमा सीमित रहेन।
काठमाडौंमा बस्दै उनले कर्णालीमा स्वास्थ्य नीति अनुगमन, कार्यक्रम मूल्यांकन, स्थानीय स्वास्थ्य प्रणालीको क्षमता अभिवृद्धि र सामुदायिक व्यवहार अध्ययनमा समय खर्चिएका छन्।
मानवशास्त्रमा एमफिल गरेका चौलागाईंले कर्णालीका गाउँ, भाषा, संस्कार, साँस्कृतिक संरचना र सामाजिक स्वरूपलाई नजिकबाट बुझ्न वर्षौं घुमेका छन्।
यही अध्ययन र अनुभवको सार हो, उनको चर्चित पुस्तक ‘सपादलक्ष कर्णाली’। यो पुस्तकमा कर्णालीलाई काठमाडौंको दृष्टिबाट होइन, कर्णालीकै मानिसको दृष्टिबाट प्रस्तुत गरिएको छ।
जटिल विषयलाई साधारण भाषामा प्रस्तुत गर्ने शैली, कर्णालीको इतिहास, समाज र भूगोललाई वैज्ञानिक ढंगले पस्कने क्षमताले नै उनी मन्त्री बनेका हुन।
‘सपादलक्ष कर्णाली’ पुस्तक र ‘म मान्ठ हुँ’ गीत मार्फत उनले कर्णालीको विविधता, भाषा, संस्कार र पहिचानलाई देशभरि परिचित गराएका छन्।
कर्णाली चिनाउने अभियानका सक्रिय उनी दिगो, समुदायमुखी र वातावरणमैत्री विकासका पहरेदार हुन्।
पदका कारण मात्रै होइन, दृष्टिकोणका कारण चर्चामा चौलागाईं समाज विश्लेषणका सवालमा फरक सोच्न सक्ने क्षमता राख्छन्।














