मंगलवार, ३ असार, २०८२

खेल मैदान देखि प्रधानाध्यापकसम्म : एक प्रेरणादायी यात्रा

२०७१ को शिक्षक सेवा आयोगको प्राथमिक तहमा महोत्तरी जिल्लाबाट सिफारिस हुन सफल भए। विद्यालयमा गएको पहिलो वर्षमा त्यस विद्यालयलाई राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत भलिवल विधाम दोर्सो स्थानमा ल्याउन सफल भए। जुन उनकै प्रशिक्षणमा टिम बनेको थियो।

एउटा पुरानो घरको पुरानो कोठा भित्र छरपस्ट फिजिएका मेडल, ट्रफी र प्रमाणपत्र सगाल्दै ती दिनहरू सम्झन चाहन्छ्न चन्दननाथ नगरपालिका -७ मिचामा जन्मिका लक्ष्मी बहादुर रावल आर्थिक हिसाबमा निम्न वर्गीय हुन।

बाल्यकाल देखि खेलकुद क्षेत्रमा रुचि राख्ने उनी सानै उमेरमा क्यारम्बोर्डमा उत्कृष्ट खेलाडी थिए। क्यारमबोर्डको रातो गोटिको नामबाट नै क्वीन नाम राखिएको थियो। त्यसैले लक्ष्मीको सट्टा क्वीन भनेर धेरैले चिन्ने गर्छन्।

युवा अवस्थामा रहेको बेला जुम्लामा भलिबलको क्रेज एकदमै उचाइमा रहेको थियो। त्यसैले खेलाडी बन्ने दृढ इच्छा उनीमा रहन गयो।

समूह बनाएर भलिवल खेल्दै जाँदा गाउँको सरस्वती युवा क्लव मिचाबाट जिल्ला स्तरीय भलिबल प्रतियोगिता भाग लिने मौका पाए। उ बेला मिचाको सरस्वती युवा क्लव भलिबल खेलमा निकै नै प्रतिष्ठित क्लबका रुपमा लिइन्थ्यो।

जिल्ला स्तरीय भलिबल प्रतियोगितामा प्रथम हुँदा उनी खेलका महत्वपूर्ण खेलाडी समेत रहे। त्यसैले होला जिल्लामा हुने हुने अन्य प्रतियोगितामा पनि समाबेश हुने मौका पाउँदै गए।

संकटकालिन अवस्थामा जिल्लाका दुर दराजमा रहेका गाउँ गाउँमा भलिबल प्रतियोगिता खेल्न जादा त्यो बेला माओवादी र सेना बाट भोग्नु परेको यातना पनि सम्झिनु हुन्छ। यसरी यातना दु:ख र पीडा खेपेर पनि भलिबल खेललाई निरन्तरता दिई रहे।

२०६३ सालमा रारा महोत्सव मुगुमा हुँदा जुम्ला जिल्लाबाट प्रतिनिधित्व गर्ने पहिलो अवसर पाए। जुन क्षेत्रीय हुँदै राष्ट्रिय स्तरमा छनोट हुने मौकाको रुपमा लिए।

त्यसै वर्षमा जुम्लामा गणतान्त्रिक महोत्सवमा आयोजित भलिबल प्रतियोगितामा पनि समावेश भए। यसरी जिल्ला र जिल्ला बाहिरका दर्जनौं भलिबल प्रतियोगितामा सहभागी भैइ आफूलाई अब्बल सावित गरीसकेका थिए।

२०६८ मा कालिकोटमा आयोजित क्षेत्रीय खेलबाट अन्तत धनगढीमा हुने राष्ट्रिय भलिबल खेलमा छनोट हुन सफल भए र खेल पनि खेले। त्यस यता जुम्ला जिल्लाको भलिबल खेलमा उनले करीब ६ वर्ष सम्म टिम क्याप्टेनको रुपमा भलिबल खेललाई अगाडि बढाए।

राजनीतीक पहुँच र त्यसको छायाले भित्रीएका कोच र पदाधिकारीहरुको आफनो मान्छेलाई छान्ने प्रविधि हावी हुँदा खेल राम्रो हुदा हुँदै पनि विभिन्न अवसरबाट बन्चित हुन बाध्य भए।

युवा अवस्था ढल्कदै गर्दा पारिवारिक जिम्मेवारीले भलिबल खेलले साँच्चिकै आफ्नो जीवन फेरबदल गर्ने सकिने अवस्था नभए पछि जीवनको सुखमय यात्रा गर्ने कठिन हुने सोचले ३ महिनाको खेल शिक्षकको तालिम समेत लिए। तर त्यसको कुनै अर्थ नभए पछि पढाईमा निरन्तरता दिन थाले।

२-३ पटकको लोकसेवा आयोगको परीक्षामा असफल भए पनि २०७१ को शिक्षक सेवा आयोगको प्राथमिक तहमा महोत्तरी जिल्लाबाट सिफारिस हुन सफल भए। विद्यालयमा गएको पहिलो वर्षमा त्यस विद्यालयलाई राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत भलिवल विधाम दोर्सो स्थानमा ल्याउन सफल भए। जुन उनकै प्रशिक्षणमा टिम बनेको थियो।

यसरी बलबाट बोर्डसम्म पुगेका एउटा खेलाडी आफ्नो खेल जीवन बाट टाढा नरही कहि न कहि जोडिरहे। महोत्तरीको दुई वर्षे बसाई पछि सरुवा भई जुम्लाको तिला गाउँपालिकाको पोखरी भन्न्ने गाउँको विद्यालयमा आएर शिक्षण सेवा गर्ने अठोटका साथ जुम्ला फर्किएका लक्ष्मी २ वर्ष पछि विद्यालयका प्रधानाध्यापक हुन सफल भए। खेल मैदानबाट विद्यालयका प्रधानाध्यापकसम्म भएका उनको यात्रा साँच्चिकै चुनौतीपूर्ण थियो।

राष्ट्रिय खेलाडी हुँदै प्रधानाध्यापक हुन सफल लक्ष्मीलाई अबका दिनमा विद्यालयको शैक्षिक तथा भौतिक सुधार गर्ने अर्को चुनौतीको सामना गर्नु पर्ने थियो । जुन एउटा खेल जित्नु भन्दा कम थिएन।

एउटा समय थियो, उनी मैदानमा विपक्षीलाई धुलो चटाउन तल्लिन थिए। राष्ट्रिय जर्सी लगाएर देशको नाम राख्न मैदानमा पसिना बगाउँथे। जितका लागि हरदम प्रयास गर्थे, कहिले थाक्दैनथे। समय बदलियो, परिस्थिति फेरियो। मैदानको त्यो योद्धा आज एउटा विद्यालयको प्राङ्गणमा उभिएको छ। हातमा बल होइन, बोर्ड छ। विपक्षी होइन, विद्यार्थी छन्।

उनको आगमनले समग्र गाउँका समुदायमा उमंग छाएको थियो। विद्यार्थीहरुमा खेलकुदको भावना जागेको थियो। उनी विद्यार्थीलाई किताबी ज्ञान मात्र होइन जीवनको ज्ञान् पनि दिन्थे। विद्यार्थी लाई असल नागरिक बन्न प्रेरित गर्छन्। गाउँका युवालाई प्रशिक्षण गर्छन्। त्यसकै फलस्वरूप गाउँका युवा सम्मिलित टिमले जिल्लाका विभिन्न ठाउँमा भलिबल प्रतियोगिता जित्न पनि सफल भएका छन्।

जुम्ला जिल्लामा गएको वर्ष आयोजना भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उनकै प्रशिक्षणमा रहेको तिला गाउँपालिकाका छात्रा टिम प्रथम हुन सफल भयो। यसरी दुर दराजको विद्यालयमा शैक्षिक सुधारका निमित्त हरेक समय खटिएर लागि परेका छन्।

पहिला भन्दा हाल विद्यालयले पनि शैक्षिक तथा भौतिक रुपमा काँचुली फेर्दै गर्दा त्यहाँका अभिभावक पनि निकै आशाका रुपमा लिने गरेका छन्। गाउँमै बसेर विद्यालय गतिविधिमा व्यस्त रहने लक्ष्मी युवा देखि वृद्धसम्मका प्रीय शिक्षकका रुपमा रहेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार