बिहीबार, ५ चैत्र, २०८२

तातोपानी गाउँपालिकाको १६औं अधिवेशनमा १७ नीति पारित, अर्धवार्षिक प्रगति अनुमोदन

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा तातोपानीले १७ लाख ५३ हजार ८ सय रुपैयाँ राजश्व संकलन गरेको छ। यसैगरी, जिल्लामै पहिलो पटक ८ सय घरधुरीको घर बीमा कार्यक्रमबाट लाभान्वित गरिएको छ।

तातोपानी गाउँपालिकाको १६औं अधिवेशन सम्पन्न भएको छ। यस अधिवेशनमा १५ नयाँ नीति र २ संशोधित नीति गरी जम्मा १७ नीति पारित गरिएको छ।

यसका साथै चालू आर्थिक वर्षको अर्धवार्षिक प्रगति विवरण पनि अनुमोदन गरिएको छ। अधिवेशनमा पारित नीतिहरूले दैनिक प्रशासनिक कार्यलाई सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

अधिवेशनमा पारित नीतिहरू मध्ये बिमा सम्बन्धी कार्यविधी-२०८१, एकल पुरुष भत्ता वितरण सम्बन्धी कार्यविधी-२०८१, लोकसेवा आयोगको निशुल्क कक्षा सञ्चालन सम्बन्धी कार्यविधी-२०८१, अटोरिक्सा सञ्चालन सम्बन्धी ऐन-२०८१, व्यवसायिक पंक्षी फर्म तथा ह्याचरी सञ्चालन सम्बन्धी कार्यविधी-२०८१ लगायतका नीतिहरू समावेश छन्।

यसका अतिरिक्त, विपन्न नागरिक स्वास्थ्य बिमा कार्यक्रम, नर्सरी सञ्चालन निर्देशिका, पोषण मैत्री वडा घोषणा, ढुङ्गा गिट्टी बालुवा उत्खनन मापदण्ड, घर नक्सा पास सम्बन्धी कार्यविधी जस्ता नीतिहरू पनि पारित गरिएका छन्।

अर्धवार्षिक प्रगति विवरण अनुसार, चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा पूँजीगत खर्च १५.२४ प्रतिशत र चालु खर्च ३३.१६ प्रतिशत पुगेको छ। समग्रमा २७.३२ प्रतिशत बजेट कार्यान्वयन भएको प्रमुख प्रशासकीय अधिकृत तीर्थ बहादुर कठायतले जनाएका छन्।

तातोपानी गाउँपालिकाको उपाध्यक्ष रेवती रावलले पालिकाको पूर्वाधार विकासलाई गुणस्तरीय बनाउन अनुगमन र निरीक्षणमा जोड दिइएको बताइन्। उनका अनुसार, आन्तरिक आय बृद्धिको दायरा विस्तार गरी राजश्व परिचालनमा सुधार गरिएको छ।

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा तातोपानीले १७ लाख ५३ हजार ८ सय रुपैयाँ राजश्व संकलन गरेको छ। यसैगरी, जिल्लामै पहिलो पटक ८ सय घरधुरीको घर बीमा कार्यक्रमबाट लाभान्वित गरिएको छ।

अधिवेशनमा सहभागी गाउँसभा सदस्य, कार्यपालिका सदस्य तथा सरोकारवालाहरूलाई गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले धन्यवाद ज्ञापन गरेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार