मलाई बनाउनु छैन पहिचानको कुरा
तिमी बुझ्न सक्दैनौं स्वाभिमानको कुरा
आकार जस्तो भएपनि रङ्ग बद्लिन्छ
कसैले नगरे पनि हुन्छ यहाँ शानको कुरा।
तिमीलाई टाढा गराउन कुनै छल चाहिँदैन
मरेको मन फिर्ता ल्याउन यहाँ जल चाहिँदैन
तिमी जहाँ जान मन छ जाऊ पछुतो छैन
तिम्रो सहाराको खाँचो एकपल चाहिँदैन।
भुँडी पुराण हो साथी यसमै संघार जन्मियो
समर्पण हुन खोज्दा नि यहाँ जंगार जन्मियो
आशीर्वाद दिन त ठूलाबडाको हात चाहिन्छ
सम्मान गर्न खोज्दा मनमा अहंकार जन्मियो।
मेरो हरेक कदमको सहारा बन्न म के भनौं
कति छन् आफन्त भनी गन्नु म के भनौं
मैले त अञ्जान जस्तै जवाफ मागिरहेँ सधैं
आफैं निर्णय गरि आएँ भन्नू म के भनौं।