आईतवार, ११ आश्विन, २०८३

जुम्ला बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा उपप्राध्यापक पदम शाही

जुम्ला बहुमुखी क्याम्पसको निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी उपप्राध्यापक पदम बहादुर शाहीले पाएका छन्।

क्याम्पस प्रमुख प्रकाशचन्द्र खत्री कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रार बनेपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय कार्यालयले शाहीलाई निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी दिएको हो।

शाहीले यसअघि क्याम्पसमा विद्यार्थी कल्याण प्रमुख र सहायक क्याम्पस प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्। क्याम्पस प्रशासन र शैक्षिक गतिविधिमा नेतृत्वदायी भूमिकामा काम गरेको अनुभव उनीसँग छ।

त्रिविले जुम्ला बहुमुखी क्याम्पसको नेतृत्वका लागि शाहीलाई जिम्मेवारी दिएसँगै उनले क्याम्पसको नियमित शैक्षिक तथा प्रशासनिक गतिविधि सञ्चालन गर्नेछन्।

जुम्ला बहुमुखी क्याम्पस साविक कर्णाली अञ्चलमा त्रिभुवन विश्वविद्यालयको एकमात्र आंगिक क्याम्पस हो।

कर्णालीमा उच्च शिक्षाको विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको यस क्याम्पसमा विभिन्न शिक्षाशास्त्र र व्यवस्थापन संकायमा स्नातकोत्तर तहसम्म अध्यापन हुँदै आएको प्रमुख शाहीले जानकारी दिए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार