बिहीबार, ८ आश्विन, २०८३

जन्मदिनमा फजुल खर्च नगरी पूर्वविद्यार्थी मिमराज खत्रीद्वारा २५० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण​



जुम्लाका मिमराज खत्रीले ​आफ्नो जन्मदिनमा हुने फजुल खर्चलाई कटाएर आफू पढेको विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेका छन्।

​जुम्लाको चन्दननाथ नगरपालिकास्थित श्री शम्भुनाथ ज्ञानकुञ्ज माध्यमिक विद्यालय, श्रीढुस्काका पूर्वविद्यार्थी मिमराज खत्रीले आफ्नो ३२औँ जन्मोत्सवको अवसर पारेर विद्यालयका बालबालिकाहरूलाई उक्त सामग्री वितरण गरेका हुन्।

​खत्रीले आफूले जीवनको पहिलो अक्षर (क, ख र ABC) सुरु गरेको पहिलो पाठशालाप्रति कृतज्ञता व्यक्त गर्दै विद्यालयका कक्षा १ देखि १० सम्म अध्ययनरत २५० जना विद्यार्थीहरूलाई स्टेशनरी (कापी, कलम) तथा खेलकुद सामग्रीहरू हस्तान्तरण गरेको जानकारी दिए।

​सामग्री वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक छायादत्त खत्री सहसत शिक्षक, शिक्षिका तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।

जन्मदिनको अवसरमा सामाजिक उत्तरदायित्व पूरा गर्दै आफ्नो गाउँ र विद्यालयका बालबालिकाको पठनपाठनमा सहयोग पुर्‍याएको भन्दै विद्यालय परिवारले खत्रीलाई टीका तथा खादा लगाएर जन्मोत्सवको शुभकामना एवं धन्यवाद व्यक्त गरेको प्रधानाध्यापक खत्रीले बताए।

‘​अध्ययनका लागि आवश्यक शैक्षिक सामग्री पाएपछि विद्यार्थीहरू उत्साहित र खुसी देखिएका थिए,’ उनले भने, ‘पूर्वविद्यार्थीबाट प्राप्त यस प्रकारको सहयोगले बालबालिकालाई नियमित विद्यालय आउन र अध्ययनमा थप हौसला मिल्नेछ।’

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार