प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह शुक्रबार पोखरा हुँदै मुस्ताङ जाने भएका छन्।
प्रधानमन्त्री शाह पोखरा विमानस्थल हुँदै मुस्ताङ पुग्ने कार्यक्रम तय भए पनि भ्रमणको औपचारिक उद्देश्य भने अहिलेसम्म सार्वजनिक गरिएको छैन। प्रधानमन्त्रीसँगै उनका केही सल्लाहकार तथा सहयोगीसमेत मुस्ताङ जाने तयारीमा रहेको बताइएको छ।
प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्री शाहसहित केही सदस्य शुक्रबार मुस्ताङ जाने र सोही दिन काठमाडौं फर्किने कार्यक्रम रहेको छ।
तर, प्रधानमन्त्रीको मुस्ताङ भ्रमणको कारण र त्यहाँ हुने कार्यक्रमबारे भने प्रधानमन्त्री निकटस्थहरूले कुनै जानकारी सार्वजनिक गरेका छैनन्। सचिवालयका ती सदस्यले भ्रमणलाई धेरै प्रचार नगर्नसमेत आग्रह गरेका छन्।
















