शुक्रबार, ५ भाद्र, २०८३

बाल्टिनमा डुबेर ११ महिनाका बालकको मृत्यु

सुर्खेतको बराहताल गाउँपालिका–५ परिवर्तन टोलमा बाल्टिनमा राखिएको पानीमा डुबेर ११ महिनाका बालकको मृत्यु भएको छ।

मिति २०८३ भदौ ४ गते दिउँसो करिब ४ बजे स्थानीय बाबुराम बि.क.का ११ महिनाका छोरा बिदान बि.क. घरबाहिर खेल्ने क्रममा बाल्टिनमा राखिएको पानीमा डुबेको अवस्थामा फेला परेका थिए।

परिवारले तत्काल उद्धार गरी उपचारका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँ, सुर्खेत पुर्‍याएका थिए। अस्पतालमा साँझ ५ः५० बजे चिकित्सकले जाँच गर्दा बालकलाई मृत घोषणा गरेका हुन्।

घटनाका बेला मृतकका बुबा र आमा अस्पतालमा साथमा रहेको प्रहरीले जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार