शनिबार, ३० श्रावण, २०८३

देशलाई आपत्तिमा नढालौँ

हामी फुटेर देशलाई आपत्तिमा नढालौँ, एकतामा बाँधिएर नेपाललाई सजाऔँ। नेपाली हौँ हामी, हाम्रो देश नेपाल, प्रकृतिको सुन्दरता, संस्कृति विशाल।

झरना, पाखा, पखेरा हराभरा, हिमालले सजिएको देश हाम्रो प्यारा। म हुँ नेपाली, मेरो घर हो नेपाल, धर्म र संस्कृति हाम्रो गौरव विशाल।

वीर वीरङ्गनाले बनाएको देश, मेचीदेखि महाकालीसम्म एउटै परिवेश। चार जात छत्तीस वर्ण, विविधतामा एकता, एउटै मालामा गाँसिएका नेपाली जनता।

चन्द्र–सूर्य अंकित राष्ट्रिय झण्डा हाम्रो, सगरमाथाजस्तै उच्च छ शान हाम्रो। हिमाल, पहाड, तराई मिलेको देश, नेपाल हाम्रो प्यारो, सुन्दर विशेष।

सगरमाथाजस्तै उच्च राखौँ नेपाली छवि, आपसमा काटमार गर्नु होइन, बढाऔँ सद्भाव र प्रीति। पुर्खाको सान र गौरव थाम्न सकौँ, सबै नेपाली मिली राष्ट्रियता जोगाऔँ।

संकट आए सामना गरौँ, नेपाली एकजुट भएर, देशको हितमा अघि बढौँ हातेमालो गरेर। कसम खाऔँ, राष्ट्रियता बचाऔँ, देशलाई आपत्तिमा नढालौँ, हामी फुटेर होइन, एक भएर नेपाल बनाऔँ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार