शनिबार, ३० श्रावण, २०८३

सुर्खेतमा ग्यास अभाव कायमै, वितरण भइरहे पनि उपभोक्ताको सास्ती

सुर्खेतमा दैनिक रूपमा ग्यास वितरण भइरहे पनि खाना पकाउने ग्यासको अभाव कायमै रहेको छ। ग्यास लिनका लागि उपभोक्ताहरू घण्टौँसम्म लाइनमा बस्नुपर्ने अवस्था रहेपछि विशेषगरी असक्त, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी तथा अपाङ्गता भएका नागरिकलाई थप समस्या भएको छ। उपभोक्ताको समस्यालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतको पहलमा ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा ‘क’ र ‘ख’ […]

देशलाई आपत्तिमा नढालौँ

हामी फुटेर देशलाई आपत्तिमा नढालौँ, एकतामा बाँधिएर नेपाललाई सजाऔँ। नेपाली हौँ हामी, हाम्रो देश नेपाल, प्रकृतिको सुन्दरता, संस्कृति विशाल। झरना, पाखा, पखेरा हराभरा, हिमालले सजिएको देश हाम्रो प्यारा। म हुँ नेपाली, मेरो घर हो नेपाल, धर्म र संस्कृति हाम्रो गौरव विशाल। वीर वीरङ्गनाले बनाएको देश, मेचीदेखि महाकालीसम्म एउटै परिवेश। चार जात छत्तीस वर्ण, विविधतामा एकता, […]

सुर्खेतमा लुकाइराखेको अवस्थामा चार थान भरुवा बन्दुक बरामद

सुर्खेतको बराहताल गाउँपालिका–६ स्थित बिउरेनी जंगलबाट प्रहरीले चार थान भरुवा बन्दुक बरामद गरेको छ। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बाबियाचौर, सुर्खेतबाट प्रहरी निरीक्षक भूपेन्द्र शाहीको कमाण्डमा खटिएको आठ जनाको प्रहरी टोलीले बुधबार बिहान करिब १०ः१५ बजे जंगलमा खोजतलास गरेको थियो। खोजतलासका क्रममा काठ–दाउराको थुप्रोको बीचमा लुकाइछिपाई राखिएको अवस्थामा चार थान भरुवा बन्दुक फेला परेको […]

जुम्लाको स्याउ : काँचोलाई रोक लगाउने, गुणस्तरमा जोड लगाउने

अहिले जुम्लाका बगैँचामा स्याउ टिप्ने तयारी चलिरहेको छ। कतै स्याउ परिपक्व भइसकेको छ, कतै अझै केही दिन पर्खनुपर्ने अवस्था छ। यही फरकलाई बुझेर स्याउ बजार पठाउनुपर्ने कृषि प्राविधिकहरूको आग्रह छ। ‘स्याउ निर्यात रोकिएको’ भन्दा ‘काँचो स्याउ रोकिएको’ बुझ्नुपर्ने सन्देश उनीहरूले दिइरहेका छन्। गुणस्तरीय स्याउलाई भने बाटो खुला छ। जुम्लाका स्याउ बगैँचामा अहिले किसानको व्यस्तता बढेको […]

अन्तर्वार्ता : आमा बचाउन जनयद्धमा लागेकी थिएँ, मुक्तिको नारा मन पर्‍यो

जनयुद्धको कठिन समय, परिवारको सुरक्षाका लागि भूमिगत जीवनदेखि स्थानीय सरकारको नेतृत्वसम्म। तातोपानी गाउँपालिकाकी उपाध्यक्ष रेवती रावलको जीवनयात्रा संघर्ष, साहस र परिवर्तनको कथा हो। किशोरावस्थामै तत्कालीन माओवादी आन्दोलनमा जोडिएकी रेवतीले जनयुद्धका क्रममा अनेकौँ जोखिमपूर्ण परिस्थितिको सामना गरिन्। सेना र प्रहरीको खोजीबाट गाउँलेको सहयोगमा जोगिएका क्षणदेखि जंगलमा बिताएका कठिन दिनसम्मका उनका अनुभव आज पनि उत्तिकै मार्मिक छन्। […]

ताजा समाचार