आईतवार, २४ श्रावण, २०८३

बराहतालमा लुकाइराखेको अवस्थामा तीन थान भरुवा बन्दुक बरामद

सुर्खेतको बराहताल गाउँपालिका–८, हुर्केस्थित शान्ति सामुदायिक वनबाट प्रहरीले तीन थान भरुवा बन्दुक बरामद गरेको छ।

प्रहरीका अनुसार शुक्रबार दिउँसो करिब १२ बजे प्रहरी चौकी बड्डीचौरबाट प्रहरी सहायक निरीक्षक लोकेन्द्र परियारको कमाण्डमा खटिएको पाँच सदस्यीय टोलीले गस्ती गर्ने क्रममा सुकेको सालको रुखको टोड्कामा लुकाइछिपाइ राखेको अवस्थामा दुई थान भरुवा बन्दुक फेला पारेको थियो।

घटनाबारे थप अनुसन्धान तथा मुचुल्काका लागि इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी निरीक्षक भुपेन्द्र शाहीको कमाण्डमा पाँच सदस्यीय प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

प्रहरी टोलीले थप अनुसन्धान गर्ने क्रममा सोही रुखको टोड्कामा लुकाइराखेको अवस्थामा थप एक थान भरुवा बन्दुक फेला पारेपछि जम्मा तीन थान भरुवा बन्दुक बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनास्थल प्रहरी चौकी बड्डीचौरबाट करिब १२ किलोमिटर पूर्व र इलाका प्रहरी कार्यालय बाबियाचौरबाट करिब ३२ किलोमिटर पूर्वमा पर्छ।
बरामद भएका बन्दुक कसले र किन लुकाएर राखेको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी तथा सूचना अधिकारी कबिन्द्र सिंह बोहराले जानकारी दिए ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार