शनिबार, २३ श्रावण, २०८३

ज.ज.क. मुद्दाका फरार प्रतिवादी पक्राउ

ज.ज.क. मुद्दामा फरार रहेका एक प्रतिवादीलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार २०८३ असार ९ गते चौकुने गाउँपालिका–७ खनैखोला क्षेत्रमा एक महिलामाथि ज.ज.क. भएको भन्दै पीडितले प्रहरीमा उजुरी दिएकी थिइन्।

सोही उजुरीका आधारमा दर्ता भएको मुद्दाका प्रतिवादी चौकुने गाउँपालिका–७ कोसीकाँडा निवासी २२ वर्षीय गणेश बि.क. लाई प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) बुद्ध सागर चौधरीको कमाण्डमा खटिएको चार सदस्यीय प्रहरी टोलीले खोजतलास गर्ने क्रममा शुक्रबार साँझ ६ बजे प्रतिवादीलाई उनकै घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका गणेश बि.क.को स्वास्थ्य परीक्षणपछि इलाका प्रहरी कार्यालय बाबियाचौरको हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी तथा सूचना अधिकारी कबिन्द्र सिंह बोहराले जानकारी दिए ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार