बुधबार, २१ आश्विन, २०८३

तातोपानीमा २५ बालबालिकालाई शैक्षिक सामग्री, बाल क्लब अगुवा सम्मानित​

तातोपानी गाउँपालिका–१ राकामा संरक्षणको आवश्यकता भएका २५ जना बालबालिकालाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण गरिएको छ।

आर्थिक अभावका कारण बालबालिका शिक्षाबाट वञ्चित नहोऊन् र विद्यालयमा नियमित उपस्थिति रहोस् भन्ने उद्देश्यले वडा कार्यालयले उक्त सहयोग उपलब्ध गराएको हो।

​चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत बालबालिकालाई शैक्षिक सामग्री र विद्यालय पोशाक प्रदान गरिएको वडा कार्यालयले जनाएको छ।

यस सहयोगले बालबालिकालाई नियमित विद्यालय जान तथा अध्ययनप्रति थप प्रोत्साहित गर्न मद्दत पुग्ने विश्वास लिइएको छ।

​सोही अवसरमा लामो समयदेखि बाल क्लबमा आबद्ध भएर बालअधिकार तथा सामाजिक क्षेत्रमा सक्रिय रमिला कामीलाई सम्मानसहित बिदाइ गरिएको छ।

१८ वर्ष उमेर पूरा भएपछि क्लबको सक्रिय भूमिकाबाट बिदा भएकी उनलाई वडा कार्यालयले सम्मानपत्र प्रदान गरेको हो।

​वडा कार्यालयले बालबालिकाको अधिकार, संरक्षण, शिक्षा र सहभागितालाई प्राथमिकतामा राखेर विभिन्न रचनात्मक गतिविधि सञ्चालन गर्दै आएको वडा सचिव तेजबहादुर रावतले बताए।

बालबालिकाको शैक्षिक विकास र विद्यालय निरन्तरताका लागि यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि प्राथमिकताका साथ अघि बढाइने उनले जानकारी दिए।

​कार्यक्रममा वडाध्यक्ष कर्णबहादुर कठायतले बालबालिकाको क्षेत्रमा किर्डाक नेपाल र सेभ द चिल्ड्रेनले प्राविधिक तथा सहजीकरणको भूमिका निर्वाह गरिरहेको बताए।

बालबालिकाको अधिकार र संरक्षण सुनिश्चित गर्न वडा, समुदाय र विकास साझेदारबीचको सहकार्यलाई थप प्रभावकारी बनाइने उनको भनाइ थियो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार