सोमबार, ७ मंसिर, २०८३

कविता : ​बिमार सुटुक्क पुग्छ

वेला उल्टो फर्केपछि
घरीघरी बिमार आइपुग्छ
अड्को पाहुना बनी पुग्छ
बेलाबखत भोकमरी दौडिन्छ
गरिबी आउँछ, शोक पठाउँछ ।

​रोग व्याधि वरिपरी बस्छ
अशान्ति पठाउँछ
टुपुलुक्क भेटिन्छ असमझदारी
बेमेल छिमेकी बनी दिन्छ
बेखुसी आफ्नै जस्तो भएर बस्छ ।

​तर कदापि पुग्दैन,
समाधान
शान्ति
समझदारी ।

​पठाउँदा पनि पठाउँदैन,
दया
करुणा
खुसी
सुटुक्क-सुटुक्क पठाइरहन्छ
नजिकका बनाई
बेखुसी र बिमार ।

​माया ममता, करुणा र खुसी पुग्न त
वर्षौं कुर्छ,
यी भएभरका पुग्न
सबैभन्दा पहिले सब्ल्याँटो
वेला आइपुग्नु पर्दोरहेछ ।
​

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार