जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

ज.ज.क. मुद्दामा फरार रहेका एक प्रतिवादीलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार २०८३ असार ९ गते चौकुने गाउँपालिका–७ खनैखोला क्षेत्रमा एक महिलामाथि ज.ज.क. भएको भन्दै पीडितले प्रहरीमा उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा दर्ता भएको मुद्दाका प्रतिवादी चौकुने गाउँपालिका–७ कोसीकाँडा निवासी २२ वर्षीय गणेश बि.क. लाई प्रहरीले पक्राउ गरेको हो। इलाका […]
अन्तर्राष्ट्रिय फोटोग्राफी सञ्जाल एपीईमा नेपाली फोटोग्राफर राज अधिकारी आबद्ध

नेपाली युवा फोटोग्राफर राज अधिकारी अन्तर्राष्ट्रिय फोटोग्राफी तथा दृश्य सञ्चारकर्मीहरूको सञ्जाल एसोसिएसन अफ फोटोग्राफर्स ‘युरेसिया’ (APE) मा ‘इन्टरनेशनल प्रेस’ सदस्यका रूपमा आबद्ध भएका छन्। यस आबद्धतासँगै अधिकारीले अन्तर्राष्ट्रिय फोटोग्राफी समुदायसँग सहकार्य गर्ने, आफ्ना सिर्जनालाई विश्वस्तरमा प्रस्तुत गर्ने तथा विभिन्न देशका फोटो पत्रकार र फोटोग्राफरसँग अनुभव आदान–प्रदान गर्ने अवसर प्राप्त गर्ने अपेक्षा गरिएको छ। स्थानीय परिवेशबाट […]
काँग्रेसभित्र आन्तरिक एकता, संवाद र परिपक्व निर्णयको आवश्यकता छ: सचिव लक्ष्मण शाही

देशको वर्तमान राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै नेपाली काँग्रेसभित्र आन्तरिक एकता, संवाद, जिम्मेवारीबोध र परिपक्व निर्णयको आवश्यकता अझ बढी महसुस भएको नेपाली काँग्रेस जिल्ला कार्य समिति, जुम्लाका सचिव लक्ष्मण बहादुर शाहीले बताएका छन्। आजको मुख्य आवश्यकता विभाजन नभई एकता भएको उल्लेख गर्दै उहाँले पार्टीभित्रका मतभेदहरूलाई फुटको आधार नबनाई संगठन सुदृढीकरणको अवसरका रूपमा लिनुपर्नेमा जोड दिनुभएको छ। […]
सुन व्यापारीहरु बेच्ने बेला मूल्य बढ्छ भन्दै हल्ला गर्ने, किन्ने बेला पैसा छैन भन्ने !

विशेषगरी ऋण लिएर सुनचाँदीमा लगानी गर्नेहरु निकै तनावमा छन् । ऋण चुक्ता गर्न उनीहरु घाटा खाएर भएपनि सुनचाँदी बेच्न तयार छन् । बिहीबार काठमाडौं उपत्यकाका अधिकांश सुनचाँदी पसलमा यस्तै दृश्य देखियो । साउन २१ गते बिहीबार सुन प्रतितोला दुई लाख ९६ हजार र चाँदी चार हजार पाँच सय ७० रुपैयाँ पुग्यो । नेपालमा सुनचाँदीको मूल्य […]
चेन्ज प्लानेटरी स्वास्थ्य परियोजनाको लोगो डिजाइन प्रतियोगितामा कर्णालीका दुई विद्यार्थी उत्कृष्ट

परिवर्तन–ग्रहीय स्वास्थ्य (चेन्ज–पीएच) परियोजना अन्तर्गत आयोजित लोगो डिजाइन प्रतियोगिता–२०२६ मा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका दुई विद्यार्थी उत्कृष्ट स्थान हासिल गर्न सफल भएका छन्। प्रतिष्ठानका उपप्राध्यापक ओम प्रकाश काफ्लेले दिएको जानकारीअनुसार प्रतियोगितामा काठमाडौँ मेडिकल कलेजका प्रवेश अधिकारी प्रथम भएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकी कस्तुरी सिंह दोस्रो तथा सुरेन्द्र धामी तेस्रो भएका छन्। ‘यो उपलब्धि केवल […]
विपद् प्रभावित समुदायका राहत सामग्री खरिदका लागि प्रस्ताव आह्वान सम्बन्धि किर्डार्क नेपालको अत्यन्तै जरुरी सूचना

कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डार्क) नेपाल, जिल्ला कार्यालय जुम्लाले विपद् प्रभावित समुदायका लागि राहत सामग्री खरिद गर्न इच्छुक तथा योग्य आपूर्तिकर्ता (Supplier) हरूबाट सिलबन्दी प्रस्ताव (RFQ) आह्वान गरेको छ। वर्ल्ड भिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा सञ्चालन हुने परियोजनाअन्तर्गत जुम्ला लगायतका जिल्लामा आवश्यक पर्ने विपद् उत्तर तथा राहत सामग्री खरिदका लागि सात दिनको समयावधिभित्र […]
स्कुटरमै अचानक बेहोस भएका युवकको उपचारका क्रममा मृत्यु

सुर्खेतको भेरीगंगा नगरपालिका–४ सानो हर्रेस्थित रत्न राजमार्गमा स्कुटरमा यात्रा गरिरहेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको लु.प्र. एएए ६१५७ नम्बरको स्कुटरमा पछाडि सवार वीरेन्द्रनगर नगरपालिका–९ निवासी २९ वर्षीय उत्सव जि.सी. साउन २१ गते साँझ करिब ७:५० बजे अचानक बेहोस भएका थिए। स्कुटर चालक सोही स्थानका […]
२०५४ ब्याच : २९ वर्षपछि फेरि एकै चौतारीमा

कतिपय साथीसँग २९ वर्षपछि पहिलोपटक भेट भयो। कसैका आँखा रसाए, कसैले पुराना रमाइला घटना सुनाएर सबैलाई हँसाए। कसैले संघर्षका कथा सुनाए, कसैले सफलताका अनुभव बाँडे। हरेक अनुहार एउटा पुस्तक थियो, हरेक मुस्कान एउटा कथा थियो र हरेक अंकमाल एउटा अव्यक्त भावनाको भाषा थियो। कहिलेकाहीँ समयले यस्तो क्षण पनि ल्याइदिन्छ, जहाँ घडीको सुई त वर्तमानमा दौडिरहेको […]





