शनिबार, २७ असार, २०८३

असार महिनाको प्रगति विवरणसहित जिल्ला ट्राफिक प्रहरीद्वारा नागरिक सुनुवाइ सम्पन्न

जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाले असार महिनामा सम्पादन गरेका कामको प्रगति विवरण सार्वजनिक गर्दै नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय नागरिक, यातायात व्यवसायी तथा सरोकारवालाको सहभागिता रहेको थियो। कार्यक्रममा कार्यालयले असार महिनाभर ट्राफिक व्यवस्थापन, सवारी साधन जाँच, ट्राफिक नियम कार्यान्वयन, सडक सुरक्षा तथा जनचेतनामूलक गतिविधिबारे जानकारी गराएको थियो।

जिल्ला ट्राफिक प्रहरी प्रमुख जगत बहादुर कठायतले कार्यालयले गरेको कामको प्रगति विवरण प्रस्तुत गर्दै ट्राफिक नियमको पालना गर्न सबै नागरिकको सहयोग आवश्यक रहेको बताए। उनले सुरक्षित र व्यवस्थित सडक यातायातका लागि चालक, यात्रु तथा पैदलयात्री सबै जिम्मेवार हुनुपर्ने उल्लेख गरे।

नागरिक सुनुवाइका क्रममा सहभागीहरूले सडक सुरक्षा, ट्राफिक व्यवस्थापन, सवारी साधनको अनुगमन तथा सेवा प्रवाहसँग सम्बन्धित विभिन्न जिज्ञासा, सुझाव र गुनासो राखेका थिए। उठेका प्रश्नहरूको प्रमुख कठायतले जवाफ दिँदै प्राप्त सुझावलाई आगामी कार्ययोजनामा समेट्ने प्रतिबद्धता व्यक्त गरे।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले यस्ता नागरिक सुनुवाइ कार्यक्रमलाई निरन्तर सञ्चालन गरी सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ट्रेन्डिङ

ताजा समाचार