जुम्लामा १.४१० ग्राम चरेससहित दुई जना पक्राउ, अनुसन्धान जारी

जुम्लामा १.४१० ग्राम चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार असार २५ गते बिहान करिब १०:१० बजे चन्दननाथ नगरपालिका–१ भाडखोलीस्थित जुम्ला–डिल्लीचौर सडकखण्डमा शंकास्पद अवस्थामा हिँडिरहेका कनकासुन्दरी गाउँपालिका–१ निवासी २१ वर्षीय गणेश भण्डारीलाई प्रहरीले जाँच गरेको थियो। खानतलासीका क्रममा उनको साथबाट चरेसजस्तो देखिने कालो पदार्थको डल्ला बरामद भएको प्रहरीले जनाएको छ। […]
साहित्यिक चौतारी नेपालको नयाँ केन्द्रीय कार्यसमिति सार्वजनिक

साहित्य, कला र संस्कृतिको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा सक्रिय संस्था साहित्यिक चौतारी नेपालले नयाँ केन्द्रीय कार्यसमिति सार्वजनिक गरेको छ। संस्थाको गत असार ६ गते कोशी प्रदेशको विराटनगरमा सम्पन्न १२औँ साधारणसभाले कमला भण्डारी ढकालको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति गठन गर्ने निर्णय गरेको थियो। सोही निर्णयलाई कार्यान्वयन गर्दै पदाधिकारी, सल्लाहकार तथा अग्रज स्रष्टाहरूबीच भर्चुअल माध्यमबाट भएको बृहत् […]
सिंहदरबार वरपर नै धमाधम मीटरब्याजमा पैसा लगानी, देख्दैनन् अर्थमन्त्री र गृहमन्त्री !

कतिपयले आत्महत्या गरेका छन् । कोही मानसिक रोगको शिकार बनेका छन् । जनता पीडित छन् तर राज्य देख्दैन । सरकार भन्छः देशमा साक्षरताको दर बढेको छ । जनताको आम्दानीमा व्यापक सुधारमा आउँदा जीवनयापनमा परिवर्तन भएको छ । तर, के वास्तवमै जनता शिक्षित भएका छन् ? जनताले अक्षर चिनेका मात्रै छन् कि कानुन पनि बुझेका छन् […]
असार महिनाको प्रगति विवरणसहित जिल्ला ट्राफिक प्रहरीद्वारा नागरिक सुनुवाइ सम्पन्न

जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाले असार महिनामा सम्पादन गरेका कामको प्रगति विवरण सार्वजनिक गर्दै नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय नागरिक, यातायात व्यवसायी तथा सरोकारवालाको सहभागिता रहेको थियो। कार्यक्रममा कार्यालयले असार महिनाभर ट्राफिक व्यवस्थापन, सवारी साधन जाँच, ट्राफिक नियम कार्यान्वयन, सडक सुरक्षा तथा जनचेतनामूलक गतिविधिबारे जानकारी गराएको […]
घरबार बेचेर जरिवाना तिर्नुपर्ने कानुनले न राज्य सुरक्षति हुन्छ, न जनताको जीवन : नेता शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानबहादुर शाहीले जनतामाथि कर र जरिवाना थोपर्दा जनताको जीवन सुरक्षित नभएको बताएका छन् । उनले सरकारका मन्त्रीहरू जिम्मेवार भएर काम नगरिरहेको पनि बताए । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा शाहीले मुगुका गणेश नेपालीले आत्मदाह गरेको विषयमा सरकारको आलोचना गरेका हुन् । सरकारले जनतालाई सुविधा नदिने तर कर र जरिवाना मात्रै असुल […]
राज्यले गणेश नेपालीको हत्या गरेको हो !

गणेश नेपालीको आत्मदाह र मृत्युले वर्तमान दुईतिहाइको दम्भ बोकेको सरकारको पतनको घण्टी बजाएको छ। अबका दिनमा निर्धा नागरिकहरूले शासकहरूको अहंकार, नालायकी र क्रूरताको एक-एक हिसाब माग्नेछन्। काठमाडौँको मुटु त्रिपुरेश्वरमा असार २५ गतेको त्यो कहालीलाग्दो दिउँसो। जब २५ वर्षका मुगुका तन्नेरी गणेश नेपालीले आफ्नो शरीरमा आगो सल्काए, त्यतिबेला एउटा मान्छेको शरीर मात्र जलिरहेको थिएन, यो […]
चन्दननाथ–१ तलिचौरमा निःशुल्क प्राथमिक आँखा जाँच शिविर सञ्चालन

जुम्लाको चन्दननाथ नगरपालिका–१, तलिचौरस्थित नव प्रभात आधारभूत विद्यालयमा दुईदिने निःशुल्क प्राथमिक आँखा जाँच शिविर सञ्चालन गरिएको छ। नेपाल नेत्र ज्योति सङ्घअन्तर्गत चन्दननाथ आँखा अस्पताल जुम्लाको आयोजनामा असार २५ र २६ गते सञ्चालन हुने शिविरमा स्थानीय नागरिकको निःशुल्क आँखा परीक्षण गरिएको हो। शिविर सञ्चालनका लागि काठमाडौंस्थित आँखा हेरचाह प्रतिष्ठानले आर्थिक सहयोग गरेको आयोजकले जनाएको छ। शिविरमार्फत […]
संघर्षका सहयात्री गणेश अस्पतालमा, रक्षा बमको प्रश्न, ‘देश बदल्ने सपना देख्नेहरू आज कहाँ छन्?’

जनआन्दोलनका क्रममा सडकमा उत्रिएर परिवर्तनको पक्षमा आवाज उठाउने युवामध्ये गणेश नेपाली पनि एक थिए। आन्दोलनका क्रममा उनको हातमा सामान्य चोट लागेको थियो। त्यतिबेला उनी व्यक्तिगत स्वार्थका लागि होइन, आफू र भावी पुस्ताले बाँच्न लायक देश निर्माण होस् भन्ने आशासहित आन्दोलनमा सहभागी भएका थिए। तर आज परिस्थिति फेरिएको छ। आन्दोलनबाट स्थापित भनिएका नेतृत्वहरू सत्ता र शक्तिको […]
कर्णाली प्रतिष्ठानको उपकुलपति बनेका डा. सूर्यमान म्याहाङम्बो कसरी कर्णाली आइपुगेका थिए ?

जहाँ सामान्य सिटामोल पाउनसमेत गाह्रो हुन्थ्यो र जहाँ वर्षौँसम्म डाक्टरको मुख देख्न पाइँदैनथ्यो, त्यस्ता ठाउँमा पुगेर सेवा गरेका कारण दुर्गमका नागरिकको स्वास्थ्य अवस्था कति दर्दनाक र कारुणिक हुन्छ भन्ने कुरा उनले धेरै नजिकबाट, आफ्नै आँखाले बुझेका थिए। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा जनरल सर्जन डा. सूर्यमान म्याहाङम्बो नियुक्त भएका छन्। प्रतिष्ठानको स्थापना लगत्तै, विस्तार र […]