शनिबार, २७ असार, २०८३

चन्दननाथ–१ तलिचौरमा निःशुल्क प्राथमिक आँखा जाँच शिविर सञ्चालन

जुम्लाको चन्दननाथ नगरपालिका–१, तलिचौरस्थित नव प्रभात आधारभूत विद्यालयमा दुईदिने निःशुल्क प्राथमिक आँखा जाँच शिविर सञ्चालन गरिएको छ।

नेपाल नेत्र ज्योति सङ्घअन्तर्गत चन्दननाथ आँखा अस्पताल जुम्लाको आयोजनामा असार २५ र २६ गते सञ्चालन हुने शिविरमा स्थानीय नागरिकको निःशुल्क आँखा परीक्षण गरिएको हो।

शिविर सञ्चालनका लागि काठमाडौंस्थित आँखा हेरचाह प्रतिष्ठानले आर्थिक सहयोग गरेको आयोजकले जनाएको छ। शिविरमार्फत आँखासम्बन्धी विभिन्न समस्या भएका बिरामीको परीक्षण, आवश्यक स्वास्थ्य परामर्श तथा थप उपचार आवश्यक परेका बिरामीलाई विशेषज्ञ उपचारका लागि सिफारिस गरिने व्यवस्था गरिएको छ।
आँखा शिविरमा ८० जना लाभान्वित भएका छन

चन्दननाथ नगरपालिका–१ का गणेश रोकायका अनुसार दुर्गम क्षेत्रका नागरिकलाई सहज रूपमा आँखा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो। उनले स्थानीय बासिन्दालाई शिविरको अवसरको अधिकतम उपयोग गर्दै समयमै आँखा परीक्षण गराउन आग्रह गरेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार