१.
म तिम्रो माया प्रेममा फसेको मान्छे,
सर्पले डसेझैँ तिमीले डसेको मान्छे,
अझैपनि तिमीलाई नै खोजिरहन्छ मन,
यो दिलमा डेरा जमाएर बसेको मान्छे।
२.
तिमीले मलाई बैगुनी माया लाएर के पायौ?
छोड्नु नै थियो भने बाचा कसम खाएर के पायौं?
अनर्थ माया गर्ने रहेछौ स्वार्थ लुट्यौ तिमीले मलाइ,
बदला लिन किन घरि घरि मेरो चोक धाएर के पायौ?
३.
पातलो सिँगान झर्दा विदेश हिँड्ने नेता।
मासु चिउरा खाने निम्तो पर्दा विदेश हिँड्ने नेता।
के गर्नु यस्तै छ देशको अवस्था गरिबको जिन्दगी,
देशमा जनताले आन्दोलन गर्दा विदेशी हिँड्ने नेता।
४.
सँगै खेलेको,सँगै हाँसेको चौतारी बिर्सियौ।
आफ्नै कार्यको लागि कहीँ भौतारी बिर्सियौ।
आफ्नै कामको लागि समय नपाएर होला
सँगै बाँडेर खाने, सँगै रमाउने दौतारी बिर्सियौ।















