यो देशलाई भुमरीमा पारेर
हाँस्ने मात्रै होइन,
यो देशलाई भुमरीबाट माथि
उठाउने पनि छन्!
यो देशमा जासुसी गरेर देश
बर्बादमा पार्ने मात्र होइन,
यो देशको निम्ति कलिलो जिन्दगी
गुमाउने पनि छन्!
देश डुब्यो भनेर षड्यन्त्र रचेर
भ्रम छर्ने मात्र होइन,
देश बन्छ भनेर मनमा आशा
जगाउने पनि छन्!
देशको संविधान मरेर जान्छ
संसद विघटन नगर्ने भन्ने मात्र होइन,
संसद विघटन गर्नैपर्छ तर संविधान
बचाउने पनि छन्!
यो देशमा दलाल,भ्रष्टाचारी मात्र होइन
सदाचारी हृदय भएका पनि छन्!
जनतालाई उल्लु बनाएर देश बर्बाद भो
देश नै खत्तम भो भन्नेहरु मात्र होइन,
यो देशमा जुन क्रान्ति भयो परिवर्तनको
निम्ति भयो,भन्ने नेपाल आमाका
सुपुत्रहरू पनि छन्।
ए राजनीति दलका नेतादेखि,
झोले कार्यकर्तासम्म हो!
यो देशलाई हृदयको छविबाट
देशलाई प्रेम गर्नेहरू,
कोही त कोही छन्!
















