संसद विघटन

संसद विघटन भएको छ । प्रधानमन्त्री सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै उनले पहिलो निर्णयका रूपमा संसद विघटनको सिफारिस गरेकी थिइन् । त्यस लगत्तै राष्ट्रपति रामचन्द्र पाैडेलले त्यसलाई सदर गरेका छन् । सो कारणले संसद विघटन भएको छ।
नेपालको पहिलो महिला प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त

नेपालको पहिलो महिला प्रधानमन्त्री पदमा सुशीला कार्की नियुक्त भएकी छन् । उनी पूर्व तर नेपालकै पहिलो महिला प्रधानन्यायाधीश समेत हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ अनुसार कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन्। संविधानको धारा ६१ मा राष्ट्रपतिसम्बन्धी प्रावधान रहेको छ। जसको उपधारा ४ मा संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ […]
आज शुक्रबार जुम्ला कारागारबाट भागेका ५ कैदी पक्राउ

आज शुक्रबार जुम्ला कारागारबाट भागेका थप ५ कैदीलाई पक्राउ गरेको छ। भागेका कैदी मध्ये सन्तोष सार्की, भक्त राज शाही, पुन्न वि.क मुगुबाट, डम्बर नेपाली गोठीज्युलाबाट र सुरेन्द्र महत रहेका छन्। अब भागेका कैदीमध्ये २५ जनालाई पक्राउ गर्न बाँकी रको जुम्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
नेपालका जेनजीले छानेका अन्तरिम प्रधानमन्त्री सुशीला कार्की को हुन्?

नेपालकी पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्कीलाई जेन जी प्रदर्शनकारीहरूले अन्तरिम सरकारको नेतृत्वका लागि समर्थन गरेपछि उनी प्रधानमन्त्री भएकी छन्। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नेपालमा अन्तरिम प्रधानमन्त्री बनाउन र संसद विघटन गर्न अन्ततः राष्ट्रपति तयार भए। उनलाई प्रधानमन्त्री बनाउने निर्णय जेनजी समूहको दिनभर चलेको भर्चुअल बैठकपछि आएको हो। सहभागीहरूले कुनै पनि राजनीतिक दलसँग जोडिएका युवाहरूलाई नेतृत्वसम्बन्धी छलफलमा […]
कविता-कोही त कोही छन्

यो देशलाई भुमरीमा पारेरहाँस्ने मात्रै होइन,यो देशलाई भुमरीबाट माथिउठाउने पनि छन्! यो देशमा जासुसी गरेर देशबर्बादमा पार्ने मात्र होइन,यो देशको निम्ति कलिलो जिन्दगीगुमाउने पनि छन्! देश डुब्यो भनेर षड्यन्त्र रचेरभ्रम छर्ने मात्र होइन,देश बन्छ भनेर मनमा आशाजगाउने पनि छन्! देशको संविधान मरेर जान्छसंसद विघटन नगर्ने भन्ने मात्र होइन,संसद विघटन गर्नैपर्छ तर संविधानबचाउने पनि छन्! यो […]
खस साम्राज्यका राजाहरूको सामान्य परिचय -भाग दुई

पूर्ख्यौली वृतान्त खस साम्राज्यका राजाहरूले मध्यकालीन नेपालमा जुम्लालाई केन्द्रबिन्दु मानेर पश्चिम क्षेत्रमा शासन गरेका थिए । उनीहरूले तत्कालीन समयमा कला, संस्कृति र साहित्यका साथै व्यापार र कूटनीतिमा महत्वपूर्ण योगदान गरेका थिए । यस साम्राज्यका राजाहरूले विशेष गरी सैनिक शक्ति विस्तार र धार्मिक सहिष्णुतालाई प्राथमिकता दिएको देखिन्छ । ८. जितारी मल्लजितारी मल्ल राजा अशोक चल्लका छोरा […]
बैंकको लगानीमाथि जेनजी नामको आगो, जोखिममा सर्वसाधारणको निक्षेप!

०३८–०३९ सालमा देउवा काठमाडौंको मैत्रीदेवीमा डेरामा बस्थे। लगाउने लुगा नभएर साथीको लगाउँथे भन्नेहरू अझै भेटिन्छन्। ओली पनि डेरामै बस्थे। कहिले पाटन त कहिले शान्तिनगर। त्यतिबेलै उनी धेरै रक्सी खान्थे भनिन्छ। प्रचण्ड परिवार त झनै गरिब। २०८२ भदौ २३ र २४ गते भएको आन्दोलनमा धेरै जनधनको क्षति भएको छ। सरकारी कार्यालय, निजी कम्पनी, व्यक्तिहरूको घर, भाटभटेनी, […]
जेन-जी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

जेन-जी प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या ५१ पुगेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले मृतकको संख्या ५१ पुगेको बताए । जसमा काठमाडौं उपत्यकामा मृतक भएकादेखि अन्य जिल्लाहरुको पनि जोडिएको छ । तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको प्रहरीले बताएको छ।
कार्कीलाई प्रधानमन्त्री बनाउन सहमति, तर संसद् विघटनमा अड्चन

बिहीबार राति साढे १० बजेदेखि बिहान २ बजेसम्म शीतल निवासमा राष्ट्रपति पौडेल, पूर्वप्रधानन्यायाधीश कार्की, प्रधानसेनापति अशोकराज सिग्देल र कानुनी सल्लाहकार बाबुराम कुँवरबीच करिब ४ घण्टा लामो वार्ता भएको थियो। जेन–जी समूहको प्रस्तावपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन सर्वपक्षीय समझदारी भएको छ। राष्ट्रपति रामचन्द्र पौडेल पनि कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न तयार भए तापनि संसद् […]





