शुक्रबार, २१ कार्तिक, २०८२

नेपालका जेनजीले छानेका अन्तरिम प्रधानमन्त्री सुशीला कार्की को हुन्?

नेपालकी पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्कीलाई जेन जी प्रदर्शनकारीहरूले अन्तरिम सरकारको नेतृत्वका लागि समर्थन गरेपछि उनी प्रधानमन्त्री भएकी छन्।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नेपालमा अन्तरिम प्रधानमन्त्री बनाउन र संसद विघटन गर्न अन्ततः राष्ट्रपति तयार भए।

उनलाई प्रधानमन्त्री बनाउने निर्णय जेनजी समूहको दिनभर चलेको भर्चुअल बैठकपछि आएको हो। सहभागीहरूले कुनै पनि राजनीतिक दलसँग जोडिएका युवाहरूलाई नेतृत्वसम्बन्धी छलफलमा नल्याउनेमा सहमति जनाएपछि उनी प्रधानमन्त्री बाटो खुलेको थियोे।

राजनीतिक संलग्नता नभएकी, निष्पक्ष र विश्वासिलो व्यक्तित्व भएकी कार्कीलाई त्यसैले रोजिएको हो। उनी नेपाल सर्वोच्च अदालतको एकमात्र महिला प्रधानन्यायाधीश रहनुभएकी थिइन्।

यो माग सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने सरकारी प्रस्तावपछि सुरु भएका जेन जी नेतृत्वका भ्रष्टाचारविरोधी आन्दोलन हिंसामा परिणत भएपछि आएको हो।

सोमबार मात्र २२ जनाको मृत्यु भएको थियो, जब प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भयो। आन्दोलनकारीहरूले संसद् भवन, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास, दलहरूको मुख्यालय र शीर्ष नेताहरूको घरमा आगजनी गरेका थिए।

सुशीला कार्की को हुन्?
सुशीला कार्कीको जन्म सन् १९५२ जुन ७ मा विराटनगरमा भएको हो। उनले राजनीति विज्ञान र कानुनमा अध्ययन गरेर कानुनी सुधार र वकालतमा उल्लेखनीय करिअर बनाइन्।

१९७२ मा विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट बीए (राजनीतिशास्त्र) सकिन्।

१९७५ मा भारतको बनारस हिन्दु विश्वविद्यालय (वाराणसी) बाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरिन्।

१९७८ मा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरिन्।

कार्कीले १९७९ देखि विराटनगरमा कानुनी अभ्यास सुरु गरिन्। १९८५ मा धरानको महेन्द्र बहुमुखी क्याम्पसमा सहायक अध्यापकका रूपमा पनि काम गरिन्। उनलाई २००७ मा वरिष्ठ अधिवक्ता उपाधि प्रदान गरिएको थियो।

२००९ जनवरी २२ मा उनलाई सर्वोच्च अदालतमा अस्थायी न्यायाधीश नियुक्त गरिएको थियो। २०१० नोभेम्बर १८ मा स्थायी न्यायाधीश बनाइन्।

२०१६ अप्रिल १३ देखि २०१६ जुलाई १० सम्म कार्यवाहक प्रधानन्यायाधीश भइन्। त्यसपछि २०१६ जुलाई ११ देखि २०१७ जुन ७ सम्म सर्वोच्च अदालतकी प्रधानन्यायाधीश रहिन्।

उनको कार्यकालमा उनले संक्रमणकालीन न्याय र निर्वाचनसम्बन्धी महत्वपूर्ण मुद्दाहरूमा फैसलाहरू सुनाइन्, जसले लोकतन्त्रको संरक्षकका रूपमा न्यायालयको भूमिकालाई बलियो बनायो।

२०१७ अप्रिल ३० मा माओवादी केन्द्र र नेपाली कांग्रेसले संसद्मा उनको विरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका थिए। तर सार्वजनिक दबाब र सर्वोच्चको अन्तरिम आदेशपछि सो प्रस्ताव फिर्ता लिइयो।

सुशीला कार्कीको विवाह नेपाली कांग्रेसका चर्चित युवा नेता दुर्गा प्रसाद सुवेदीसँग भएको हो। उनीहरूबीचको परिचय बनारस अध्ययनकै क्रममा भएको थियो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार