सोमबार, ११ जेष्ठ, २०८३

न व्यापार, न जागिर घरको तलातला कसरी हुन्छ?
आफै भन्नुस् श्रीमतीको सुनको गला कसरी हुन्छ?

रात दुईगुना दिन चौगुना हुने ज्ञान सिकाउनु भन्दा
अरुलाई पनि भन्नुस् पैसा कमाउने कला कसरी हुन्छ?

गरिबकै रगत चुसेर, गरिबलाई आदर्श बेच्ने मान्छे
हजुर धनी नहुँदासम्म देश थलाथला कसरी हुन्छ?

कसैले ललिपप् देखाएर मगजलाई बन्धक नबनाए सम्म,
हामी र हाम्रो देश माथि हमला कसरी हुन्छ?

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार