मंगलवार, २२ बैशाख, २०८३

देश सुकुम्बासीको पनि…

देश एउटै ।
देशभित्र कोही जमिन्दार !
कोही सुकुम्बासी !

यहाँ ,
देशको सत्तामा सुकुम्बासीहरु पनि
पटकपटक नपुगेका होइनन्
तर जब सत्तामा पुग्छन्
उनीहरु सकेसम्म सानो वारि जोड्नमा व्यस्त हुन्छन्
त्यसैमा बस्नलाई टहरा बनाउन थाल्छन्
बाँच्ने आधार सुनिश्चित गर्न थाल्छन्
र आफू पनि सानोतिनो जमिन्दार बन्ने सपना बोक्न थाल्छन्
साथै जमिन्दारहरुका पनि जमिन बचाउनको लागि
कानुन बनाउन थाल्छन्
किनभने उनीहरुको नजरमा त
यो देश जमिन्दारहरुको पनि त हो ।

यसैगरी ,
देशमा जमिन्दारहरु पनि कहिलेकाहीँ सत्तामा पुग्छन्
जमिन्दारहरु सत्तामा पुगे भने
तिनै निर्धा र सुकुम्बासीहरुले निकै दुखले बनाएका
सानातिना घर टहरा पनि भत्काएर
सुकुम्बासीलाई रातारात सडकमा लखेट्न थाल्छन्
गाँस, बास, कपास सबै खोसेर
उनीहरुको बाँच्ने आधार नै सिध्याउन थाल्छन्
किनभने उनीहरुको नजरमा
सुकुम्बासी त सुकुम्बासी नै हुने हो
अनि घर जमिन्दारहरुको मात्र हुनुपर्छ
सुकुम्बासीहरुको होइन,
यसरी,
उनीहरु आफ्नो सात पुस्ते राजको साम्राज्य
सुनिश्चित गर्न थाल्छन्

यसैले,
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले झैं,
म पनि अब त गर्वका साथ भन्नलाई
कत्ति हिच्किचाउँदिन,
“यो देश चार जात छत्तीस वर्णको साझा फुलबारी हो ।”
अर्थात् ,
देश सुकुम्बासीहरुको पनि हो ।

अत,
देश एउटै छ
तर जमिन्दार जहिल्यै जमिन्दार नै रहन्छन्
र सुकुम्बासी जहिल्यै सुकुम्बासी नै रहन्छन्
तथापि,
देश सुकुम्बासीको पनि हो ।

मिति : २०८३/०१/१९

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार