सुर्खेत जिल्ला प्रहरीले लागुऔषध ब्राउनसुगर सहित एक युवकलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा बाँके जिल्ला खजुरा गाउँपालिका–८ स्थायी घर भई हाल सुर्खेत वीरेन्द्रनगर नगरपालिका–३ बसोबास गर्दै आएका २३ वर्षीय सद्दाम हुसेन खाँ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा सोमबार दिउँसो वीरेन्द्रनगर–३ स्थित क्षेत्रमा खानतलासी गर्दा उनलाई शंकास्पद अवस्थामा फेला पारेको थियो।
प्रहरीले खाँको शरीर तथा घर कोठा खानतलासी गर्दा उनको साथबाट २ ग्राम ६५० मिलिग्राम (दुई ग्राम तीन सय पचास मिलिग्राम) लागुऔषध ब्राउनसुगर बरामद गरेको जनाएको छ।
बरामद गरिएको लागूऔषध सहित खाँलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याइएको र म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














