शुक्रबार, २१ कार्तिक, २०८२

रोल्पाका विक्रम वलीले सुरु गरे देश बनाउन सय रुपैयाँ अभियान

भ्रष्टाचारविरुद्धको जेन-जी आन्दोलनमा साथ दिदै सामाजिक अभियन्ता विक्रम वलीद्वारा देश बनाउन तथा सिंहदरबारको पुनर्निर्माण अभियानको निम्ति रोल्पाबाट जुटेका छन् ।

जेन-जी आन्दोलनले देशभर जागरण ल्याइरहेको बेला सिंहदरबारसहितका सार्वजनिक सम्पत्तिहरू पुनर्निर्माणका लागि सुरु गरिएको छ । हाम्रो सिंहदरबार, हामी बनाउँछौं” भन्ने देशव्यापी अभियानसहित सहयोग अपेक्षा समेत गरिएको छ।

भ्रष्टाचार विरोधी सञ्जाल (ACN) द्वारा सञ्चालनमा आएको यो राष्ट्रिय अभियानलाई सम्मानजनक योगदान गर्दै स्पेस 4K टेलिभिजनका अध्यक्ष तथा एमआर होल्डिंग्स कम्पनी, टोकियोका संस्थापक डा. दिनेश शाहीको नेतृत्वमा अभियान सुरु भएको छ।

यता रोल्पाका सामाजिक अभियन्ता वली भन्छन् “देश बनाउन हामी जुट्नुपर्छ तपाईं हामी १/१ रुपैयाँ सहयोग मात्र गर्यौं भने देशलाई ठूलो राहत हुन्छ” उनले भने।

अभियान अन्तर्गत मुख्य नबिल बैंकको खाता नम्बर ०३१०१०१७५०२४२१ मार्फत वा एसीएनको आधिकारिक वेबसाइट www.acn-nepal.com
मार्फत सहयोग गर्न सकिन्छ। संकलित सम्पूर्ण रकम पारदर्शी रूपमा वेबसाइटमा प्रकाशित गरिने यता एसीएन ले जनाएको छ।

यो पहलले जेन-जी आन्दोलनको भावना जोगाउँदै भ्रष्टाचारमुक्त, सुशासनयुक्त र समृद्ध नेपालको निर्माणमा टेवा पुर्‍याउने अपेक्षा समेत गरिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार