शुक्रबार, २१ कार्तिक, २०८२

हिमा गाउँपालिका सचेत युवाद्वारा गाउँपालिकाप्रति असन्तुष्टि

हिमा गाउँपालिका सचेत युवाद्वारा गाउँपालिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन्। हिमा गाउँपालिकामा सार्वजनिक स्रोतको दुरुपयोग र अनियमितता र गाउँपालिकाका यावत् क्रियाकलापहरुमा अनियमितता भएको भन्दै हिमा गाउँपालिकाका सचेत युवाहरूद्वारा गाउँपालिका विरुद्ध असन्तुष्टि व्यक्त गरिएको हो।

हिमाका सचेत युवाले सहन गर्न नसक्ने स्तरमा पुगेको हुँदा हामी हिमा बासीका जिम्मेवार युवाहरुको एक उच्च आवाजको रुपमा आत्मसाथ गर्दै निम्न विषयमा तत्काल छानविन हुनुपर्ने माग गरेका छन् ।

उनीहरुले राखेको मागसहितको विज्ञप्ति यस्तो छ

हिमा गाउँपालिका, अध्यक्ष ज्यू कार्यपालिका सदस्य तथा सम्बन्धित सबै जिम्मेवार अधिकारीहरुलाई ।

हिमा गाउँपालिकामा सार्वजानिक स्रोतको दुरुपयोग र अनिमियताका बढ्दो घट्‌नाले जनताबीच गम्भिर चासो बढाएको छ। साथै जनताले प्रत्यक्ष देखेको भोगेको र अवलोकन गरेको कुराहरु, महालेखापरीक्षणको प्रतिवेदनमा समेत चरम अनियमितताका रुपमा उल्लेखित छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ विपरीत ढंगले भएको देखिन्छ। हाम्रो उद्देश्य कुनै आरोप लगाउनु मात्र होईन, जिम्मेवार, शान्तिपूर्ण र सकारात्मक संवादमार्फत स्थानीय शासनलाई अझ प्रभावककारी बनाउनु हो। हामी जनताको पैसा र स्रोतको उचित प्रयोग सुनिश्चित गर्न र प्रशासनमा जवाफ देहिता कायम चाहान्छौ। तर पालिका यस किसिमको उत्तरदायि बन्न र जवाफदेहि हुन सकेन ।

तसर्थ, हिमाका सचेत युवाले सहन गर्न नसक्ने स्तरमा पुगेको हुँदा हामी हिमा वासीका जिम्मेवार युवाहरुको एक उच्च आवाजको रुपमा आत्मसाथ गर्दै निम्न विषयमा तत्काल छानविन हुनुपर्ने माग गर्दछौं ।

क) २०७४ सालदेखि सञ्चालन भएका योजनाहरु ।

२०७४ सालदेखि सञ्चालन भएका विभिन्न योजनामा बारम्बर भ्रष्टाचार र अनियमिता देखिएको छ। यस सम्बन्धमा विशेष छानविन समिति गठन गरी हिमाबासी युवा, महिला, दलित, जेष्ठनागरिक र जनप्रतिनिधिका संयुक्त उपस्थितिमा निष्पक्ष छानविन गर्न आवश्यक छ ।

) २०७९ साल पछि सञ्चालन भएका सरकारी कार्यकमहरु ।

पछिल्ला विकास तथा सामाजिक कार्यक्रमहरुमा गम्भिर अनियमितता देखिएको छ। जनता र सार्वजनिक विश्वासको रक्षा गर्न यी क्षेत्रमा स्वतन्त्र र निष्पक्ष छानविन अत्यावश्यक छ ।

हरित तथा हरित रिभर योजना

स्वास्थ्य बिमा कार्यकम

विद्यार्थी छात्रवृत्ती वितरण

जिन्सी सामानको खरिद

विनियोजित बजेट अन्य शिपंकमा रुपान्तरण

) कार्यपालिका सदस्यद्वारा शक्तिको दुरुपयोग ।

अध्यक्षको मनोमानी निर्णयलाई सहज बनाउन सम्पूर्ण कार्यपालिका सदस्यलाई मोटरसाइकल वितरण गर्दा र खरिद प्रक्रियामा अनियमितता भएको देखिएको छ। यस प्रकारको कार्यसत्ता दुरुपयोग हो र यसको तुरुन्त छानविन हुन आवश्यक छ ।

तसर्थ, हामी माथिका मागहरु एक हप्ता भित्र सम्बोधन गर्न हामी सचेत युवा विनम्रतापूर्वक अनुरोध गर्दछौ। छानविन सुरु गर्न संलग्न व्यक्तिहरु विरुद्ध कानूनी कारवाही गर्न र जनताको कमाई पसिनाले उठेको पैसाको वास्ताबिक बिकास तथा कल्याणमा उपयोग सुनिश्चित गर्न आग्रह गर्दछौं। यदि सो मागहरु तोकिएको समयमा पूरा नभए हामी आन्दोलनमा उत्रन वाध्य हुनेछौं र यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी हिमा गाँउपालिका सरकारले लिनुपर्नेछ पारदर्शिता र जवाफदेहिता विकल्प होइन, जनता र सरकारको दायित्व हो।”

सम्पूर्ण हिमाः सचेत युवा हिमा गाउँपालिका,
जम्ला

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार